२०८३ साउन ९ शनिवार | Saturday, Jul 25 2026

इरानमाथि ठूलो सैन्य कारबाहीको तयारीमा अमेरिका, ट्रम्पको दाबीपछि तेहरानको कडा चेतावनी, बेलायत पनि उच्च सतर्कतामा

Untitled
Untitled
Untitled

एजेन्सी, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै ठूलो सैन्य आक्रमणको तयारी पूरा भएको दाबी गरेपछि मध्यपूर्वको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ।

ट्रम्पको अभिव्यक्तिपछि इरानले कडा प्रतिक्रिया दिँदै आक्रमण जारी रहे अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ।

यसैबीच बेलायतले पनि सम्भावित क्षेत्रीय तनावलाई ध्यानमा राख्दै आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको जनाएको छ।

ट्रम्प : तयारी पूरा, अब निर्णय मात्र बाँकी

एक भिडियो सन्देशमार्फत राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ठूलो सैन्य कारबाहीका लागि आवश्यक तयारी पूरा भइसकेको दाबी गरेका छन्।

उनले ूतयारी पूरा भएको छ, अब निर्णय गर्न मात्र बाँकी छू भन्दै अन्तिम आदेश दिन बाँकी रहेको संकेत दिएका छन्।

ट्रम्पले इरानले अहिलेसम्म पर्याप्त दबाब वा क्षति नबेहोरेको टिप्पणी गर्दै आवश्यक परे थप कडा कदम चाल्न अमेरिका तयार रहेको सन्देश दिएका छन्।

इरानको कडा प्रतिक्रिया

ट्रम्पको अभिव्यक्तिपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले तत्काल प्रतिक्रिया दिँदै अमेरिकाले सैन्य कारबाहीलाई निरन्तरता दिए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

अराघचीले यदि अमेरिकाले आफ्नो आक्रमण जारी राख्यो भने उसले ठूलो मूल्य चुकाउनुपर्नेछू भन्दै तनाव समाधानको एकमात्र उपाय सैन्य आक्रमण नभई वार्ता र कूटनीतिक संवाद भएको बताएका छन्।

उनले युद्ध विस्तारले सम्पूर्ण क्षेत्रको सुरक्षा र स्थायित्वमा गम्भीर असर पार्न सक्ने चेतावनीसमेत दिएका छन्।

बेलायत पनि सतर्क

मध्यपूर्वमा बढ्दो तनावका बीच बेलायतले आफ्ना सैन्य बललाई उच्च सतर्क अवस्थामा राखेको जनाएको छ।

बेलायती सरकारले आवश्यक परे राष्ट्रिय सुरक्षा तथा आफ्ना सैन्य संरचनाको रक्षा गर्न सेना पूर्ण रूपमा तयारी अवस्थामा रहेको जानकारी दिएको छ।

यो कदम इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले यसअघि दिएको चेतावनीपछि आएको हो।

आईआरजीसीले अमेरिकालाई बेलायती सैन्य अड्डा प्रयोग गर्न अनुमति दिइए बेलायत पनि सम्भावित निशानामा पर्न सक्ने चेतावनी दिएको थियो।

बढ्दो क्षेत्रीय तनाव

अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा बढ्दो सैन्य गतिविधि र आक्रामक अभिव्यक्तिले मध्यपूर्वमा नयाँ द्वन्द्वको जोखिम बढाएको विश्लेषण भइरहेको छ।

यद्यपि हालसम्म अमेरिकाले ट्रम्पले उल्लेख गरेको सम्भावित सैन्य कारबाहीबारे कुनै थप आधिकारिक विवरण सार्वजनिक गरेको छैन।

उता इरानले पनि युद्धभन्दा वार्तामार्फत समाधान खोज्नुपर्ने आफ्नो अडान दोहोर्याएको छ।

क्षेत्रीय सुरक्षा अवस्थालाई नजिकबाट नियालिरहेका अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउन र कूटनीतिक माध्यमबाट तनाव कम गर्न आग्रह गरिरहेका छन्।

Untitled
Untitled
Untitled