२०८१ मंसिर २७ बिहीवार | Thursday, Dec 12 2024

About Us

डिजिटल पत्रकारिताको आयाममा एउटा छुट्टै अध्याय हो ‘सञ्चारग्राम’ । नागरिक समाजको सूचनाको साथी यो मिडियाले तपाईं हाम्रो वर्ग र समुदायमा सूचना पहुँचको प्रतिनिधित्व गर्दछ । भीडमा हराउने वा विलिन हुने होइन, सूचनाको साम्राज्यमा निर्भिक पत्रकारिता मार्फत समाजको रुपान्तरणमा योगदान स्थापित गराउने हो ।

कुनै दल, बाद वा दलीय संकिर्णताबाट माथि उठेर आफ्नो स्वाभिमानलाई आफ्नै माटो र भूगोल विषेशको पत्रकारिताले समृद्ध देश निर्माणमा योगदान पुर्याउने अभियान हो । देशको राष्ट्रिय स्वतन्त्रता, नागरिकको प्रतिष्ठा, गौरवपूर्ण इतिहासको दर्शन, सनातन संस्कृति तथा हिमालय र हिमवत्खण्डको महिमा । समाचारको वस्तुपरक प्रस्तुति, सबै खाले विचारको ‘साझा मञ्च’को रुपमा स्थापित मिडिया बनाउने लक्ष्य उद्देश्य सहित आएको हो ‘सञ्चारग्राम’ । जवाफदेही पत्रकारिता र स्वतन्त्र सञ्चारका लागि तपाईंको आफ्नै सूचनाको साथी हो ‘सञ्चारग्राम’ । आउनुहोस् तपाईं हामी संमृद्धिका लागि हातेमालो गराैँ सँगसँगै।

आर्थिक, सामाजिक, साँस्कृतिक, बौद्धिक, धार्मिक, वैज्ञानिक, प्राविधिक तथा समतामुलक समाजमा समावेशी, लैङ्गिक मैत्री, प्राकृतिक पर्यावरण मैत्री समुन्नत समाज निर्माण अभियानका लागि सूचनाको अधिकार ‘सञ्चारग्राम’ सधैँ तपाईं सँग ।