२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

अमेरिकाको ओहायोमा आयोजित विश्वशान्ति महायज्ञमा राधिका दासीको प्रवचन सुन्न भक्तजनको ओइरो

Untitled
Untitled
Untitled

ओहायो, विश्वशान्ति ज्ञानमहायज्ञ, ऐतिहासिक धार्मिक अनुष्ठानमा चर्चित भागवत कथा वाचिका राधिका दासीसमेतको प्रवचन भएको छ । महायज्ञको चौथोदिन उनको प्रवचन रहेको थियो । उनको प्रवचन श्रवण गर्न हजारौं हजार श्रद्धालु भक्तजनको घुइँचो लागेको थियो ।


अमेरिकाको ओहायो राज्यमा विश्व भुटानी हिन्दू संगठन र वैदिक निर्णय समितिको मुल आयोजनामा वेदमय संस्कार, विश्वशान्तिको कामना र आध्यात्मिक पुनर्जागरणको महान उद्देश्यलेविश्वशान्ति ज्ञानमहायज्ञ-२०२५, ऐतिहासिक धार्मिक अनुष्ठान” जुलाई १६ बाट शुरु भएको हो ।

विभिन्न धार्मिक झाँकी विभिन्न देशबाट आएका गुरु महाराज सहितको सक्रियतामा हजारौं भक्तजनको उपस्थितमा कलशयात्रा सहित शुरु भएको थियो ।

विभिन्न एघार देशका झण्डा सहित गरिएको कलशयात्राले अनुष्ठान परिषर शु-शोभित तथा अत्यन्त रमणिय बनेको छ ।

यस अनुष्ठानमा विभिन्न एघार देशको प्रतिनिधित्व गर्दै आएका सन्त गुरुमहाराजको स्वस्तिवाचन सहित ४४८ केजीमा निर्मित विशाल कलश (घडा) को उद्घाटन गरिएको थियो ।

यस कार्यक्रमका संयोजक कमल धिमाल रहेका छन् ।  एघार देशका झण्डा कलशसंगै राखिएको छ । विभिन्न एघार देशका प्रमुख तथा धार्मिक (गंगा) नदिबाट ल्याइएको जलले घडा भरिएको छ उक्त जलबाट दिनानुदिन अभिषेक समेत भैरहेको छ ।

प्राप्त जानकारी अनुसार यसरी नै दैनिक विभिन्न देशवाट पाल्नु भएका गुरु महाराजका सुमधुर वाणी हुनका साथै १०८ श्रीमद्भागवत पाठ पारायण, चतुर्वेद पाठ-पारायण, पञ्च कुण्डीय हवन, कोटिवर्तिका प्रज्ज्वलन, स्तम्भ कलश, १०८ शंखनाद, १०८ विष्णुसहस्रनाम पाठ पारायण, विभिन्न विग्रहको स्थापना, रुद्राभिषेक, सप्तशती पाठ, मन्त्रजप, भजन-कीर्तन, योग-ध्यान एवं सङ्गीतमय कथा-प्रवचन हुने छ ।

सात दिनसम्ममा लाखौ भक्तजनको यस पवित्र धाममा उपस्थित भइ पुण्य लाभ लिने विश्वास लिइएको छ । यस अनुष्ठान अत्यान्तै ब्यवस्थित गरिएको छ अनुष्ठानमा आउनु पहिेले नै पार्किङको लागि स्केन गरि पार्किङ बुक गरेर आउन अनुरोध गरिएको छ ।

स्वयंसेवकहरुको वाक्लो उपस्थितीले धेरै सहज वनाएको छ ।  ओम सेन्टर दिब्यधाममा अनुष्ठान भै रहेको छ । अनुष्ठान सात दिनसम्म चल्ने संयोजक कमल धिमालले बताए ।

धनन्जय भट्टराई

Untitled
Untitled
Untitled