२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

ग्लोबल कन्फरेन्स एन्ड अवार्ड २०२५ सम्पन्न

Untitled
Untitled
Untitled

काठमाण्डू, भियतनाममा ग्लोबल कन्फरेन्स एन्ड अवार्ड २०२५ सफलतापूर्वक सम्पन्न
दनाङ, भियतनाम – निकिला मिडिया नेटवर्क,एस.एम.पि र ग्रीन योगा दनाङ्गको संयुक्त आयोजनामा ग्लोबल कन्फरेन्स र अवार्ड २०२५ सम्पन्न भएको छ।

चार दिन अघि भियतनामको इडेन होटेल दनाङ्ग भियतनाममा कार्यक्रम सम्पन्न भएको हो।

ग्लोबल कन्फरेन्स्का अध्यक्ष अभिनेता श्रीदेव भट्टराईले कार्यक्रमको अध्यक्षता गरेका थिए।
वरिष्ठ समाजसेवी तथा भियतनामको पूर्ब रास्ट्रपतिकी बुहारी हुयेन थि लिउको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दनाङ्ग अस्पताल भियतनामका वरिष्ठ चिकित्सक डा. फान भान लिएन, ग्रीनव्हिच विश्वबिद्यालय र दनाङ्ग क्याम्पसकि लेक्चरर फान चन फोउंग चांग, ट्री सर्भिस एण्ड टुरिजम कम्पनी लिमिटेडका सहस् निर्देशक भोथि माइ थि , इनबैण्ड टुरिजम भियतनामका निर्देशक ङ्गयेन होइ चान, मेटा इंगलिस सेन्टर निर्देशक फान ले मिन चाउ, सामाजिक अभियन्ता टुयेट ले थाई, योगा टिचर ङ्गयेन सन, योगा र वेलनेस मास्टर गिरिराज तिमल्सिना लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा नेपालबाट पनि विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा चितवनमेडिकल कलेज का सह-निर्देशक अरुण कोइराला, व्यवसायी बिमन कार्की, वरिष्ठ साहित्यकार राधादेवी भण्डारी, कलाकार पुरूशोत्तम आचार्य ,स्वास्थ्य ब्यवसायी गोपाल खड्का, समाजसेवी रञ्जिता गुरुङ, उद्यमी पुष्पा घिमिरे, नेपाल राष्ट्र बैंकका बैंकर कृष्ण केसी, वरिष्ठ गीतकार प्रमोद भट्टराई प्रतीक, वरिष्ठ कानूनविद् अधिवक्ता कलम बखत्री , गायिका भावना आचार्य
सम्मानीत भएका थिए ।

कलाकार पवनप्रसाद खतिवडा ुबाबालाई दसकौ कलाकार अवार्ड, सामाजिक अभियानता पूजा बि.क बस्नेतलाई उत्कृष्ट समाजसेवी अवार्ड, गायक अर्जुन खरेलले उत्कृष्ट लोकपप गायक अवार्ड (दुई/चुल्ठी ), सोंदर्यकर्मी मन्दिरा खड्का ह्ययुले उत्कृष्ट कस्मेटोलोजीष्ट अवार्ड हात पारे ।

यस्तै ममता खत्री र रिता देवी कटेल आचार्यहरुलाई प्रशंसा प्रमाणपत्र प्रदान गरिएको थियो।

सम्पूर्ण सम्मनित अवार्ड विजेता, प्रशंसा पत्र प्राप्त व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ समाजसेवी लिउको हातबाट अवार्ड, सम्मानपत्र वितरण गरिएको थियो।

कार्यक्रमका भियतनाम संयोजक वरिष्ठ योगा प्रशिक्षक रमेश के.सीले नेपाल र भियतनामका दुवै अतिथिहरुलाई स्वागत गरे भने अन्तराष्ट्रिय इभेन्ट डाइरेक्टर सोनितराज ढुङ्गेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

Untitled
Untitled
Untitled