२०८१ भदौ २४ सोमवार | Monday, Sep 09 2024

उदयपुर ताप्लिका किसान सुन्तला खेतीतर्फ आकर्षित

Untitled
Untitled
Untitled

उदयपुरको ताप्ली गाउँपालिकामा अहिले ब्यवसायीक सुन्तला खेति फस्टाउँदै गरेको छ । सो पालिकामा सुन्तलाखेतिबाट वार्षिक रुपमा ५ कँरोड बढीको आम्दानी गर्दै आएको छ । लामो समयसम्म अबैध गाँजा खेती हुँदै आएको उदयपुरको पश्चिमी पहाडी गाउँपालिका ताप्लीमा किसानले सुन्तला खेती अभियान सञ्चालन गरेका छन् । किसानले व्यवसायिक रुपमा सुन्तला खेती थालेपछि केही वर्षयता उनीहरुले यसबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

ताप्लीको ओख्ले, पिपलभन्ज्याङ, रुपाटार, इनामे, मादले र ठानागाउँ क्षेत्रमा ५ करोड भन्दा बढीको सुन्तला उत्पादन भएको ताप्ली सुन्तला जोन क्षेत्रका संयोजक तथा व्यवसायिक सुन्तला उत्पादक कृषक टोपबहादुर ठकुरीले जानकारी दिए । २०५० देखि नै ताप्लीमा सुन्तला खेती थालिए पनि २०६० सालदेखि व्यवसायिक रुपमा सुन्तला उत्पादन गर्न थालिएको ओख्लेका ज्ञानबहादुर ठकुरी बताउँछन । अहिले ताप्ली जिल्लाकै उत्कृष्ट सुन्तला जोन क्षेत्र बन्न सफल भएको छ’, उनले भने । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिले झण्डै २ सय ५८ हेक्टरमा सुन्तला खेती हुँदै आएको छ । ताप्ली क्षेत्रमा मात्रै १ सय ८० हेक्टरमा सुन्तला खेती विस्तार गरिएको ज्ञान केन्द्रका सुचना अधिकारी महेश चौधरी बताउँछन । सुन्तलाकै कारण यस क्षेत्रका किसानको आर्थिक अवस्थामा सुधार आएको छ’, उनले भने ।

ताप्ली गाउँपालिकाकी उपाध्यक्ष धना मगर केही वर्ष यता यस क्षेत्रमा वार्षिक झण्डै २ हजार ४ सय मेट्रिकटन सम्म सुन्तला उत्पादन हुने गरेको कृषि शाखाको तथ्याङ्कले देखिएको बताईन । अन्य अन्नबाली उत्पादन पर्याप्त हुँदैन, सुन्तलाका लागि नै यो क्षेत्र उपयुक्त छ । गाउँपालिकाले जनताको आर्थिकस्तर उकास्न सुन्तला जोन क्षेत्र घोषणा गरी घरघरमा सय बोट सुन्तला हुर्काउने अभियान सञ्चालन गरेको छ, उनले भनिन ।

ताप्ली पिपल भञ्ज्याङका बीर्खबहादुर राई यस क्षेत्रमा व्यवसायिक सुन्तला उत्पादन गर्ने कृषकको आर्थिक अवस्थामा सुधार हुँदै गएको बताउँछन । किसानको बोटमा नै सुन्तला प्रतिकिलो ८० देखि एक सय सम्ममा बिक्री हुने गरेको किसानहरु बताउँछन । सुन्तलाको बजारीकरणमा कुनै समस्या नरहेको उनीहरु बताउँछन ।

Untitled
Untitled
Untitled