२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मनै लोभ्याउने सयपत्री फूलखेती (फोटो फिचर)

Untitled
Untitled
Untitled

हेटौँडा । मकवानपुरको मनहरी–७ रमौलीका किसान हरि शरण अर्यालको बारीमा मनै लोभ्याउने गरी गरिएको सयपत्री फूलखेती । कलकत्ते जातको सयपत्री फूलको खेती गर्नुभएका अर्याललाई अहिले फूल बिक्री गरेर भ्याइनभ्याइ छ ।

उहाँको बारीमा सयपत्री फूलेर पहेँलपुर भएको छ, यहाँ पुग्ने जो कोहीलाई फूलको पर्व तिहारको अनुभूत दिलाउँछ । उहाँले करिब एक बिगाहा क्षेत्रमध्ये १२ कठ्ठामा ड्रागन फ्रुट लगाएको स्थानमै अन्तरबालीका रूपमा र ८ कठ्ठा क्षेत्रफलमा सयपत्री फूलको खेती गर्नुभएको हो । उहाँले बारीबाटै फूलको बिक्री गर्नुभएको छ भने काठमाडौँका लागि एकैदिनमा माग भएको एक हजार माला तयारी गरि पठाउनुभएको छ ।

गत वर्षको तुलनामा यसपालि फूलको माग बढी भएकाले आम्दानी पनि राम्रो हुने उहाँको विश्वास छ । प्रहरी प्रशासनले भारतीय फूल र प्लाष्टिकका फूल बिक्रीका लागि प्रतिबन्ध लगाउनु र स्थानीय सरकारले स्वदेशी फूल प्रयोग गर्न सूचना जारी गरेसँगै अहिले किसानले उत्पादन गरेको फूलले बजार पाएको हो ।

Untitled
Untitled
Untitled