२०८३ साउन १२ मंगलवार | Tuesday, Jul 28 2026

निर्वाचन आयुक्तका प्रस्तावित उम्मेदवारको आज संसदीय सुनुवाइ

Untitled
Untitled
Untitled

काठमाण्डू, निर्वाचन आयोगका आयुक्तका लागि सिफारिस भएका दुई प्रस्तावित उम्मेदवारको संसदीय सुनुवाइ आज हुने भएको छ।

संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकमा निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा को योग्यता, अनुभव र कार्ययोजनाबारे सुनुवाइ गरिने कार्यसूची रहेको छ।

संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम सिफारिस गरेको थियो।

संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिले उम्मेदवारमाथि आवश्यक छलफल र मूल्याङ्कन गरी राय दिएपछि मात्रै राष्ट्रपतिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूको नियुक्ति गर्ने व्यवस्था छ।

यसअघि समितिले प्रस्तावित उम्मेदवारविरुद्ध सार्वजनिक रूपमा उजुरी आह्वान गरेको थियो।

प्राप्त उजुरी, उम्मेदवारको योग्यता, कार्यअनुभव तथा सुनुवाइका क्रममा प्रस्तुत हुने धारणा र जवाफका आधारमा समितिले आफ्नो निर्णय सार्वजनिक गर्नेछ।

निर्वाचन आयोग संवैधानिक निकाय भएकाले आयुक्तहरूको नियुक्तिलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन प्रणालीसँग जोडेर हेरिने गरिन्छ।

त्यसैले आजको संसदीय सुनुवाइलाई आयोगको भावी नेतृत्व चयन प्रक्रियाको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

Untitled
Untitled
Untitled