२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सुनको मूल्य घट्यो, चाँदीको मूल्य भने स्थिर

Untitled
Untitled
Untitled

काठमाडौ, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ घटेको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

Untitled
Untitled
Untitled