२०८३ साउन ८ शुक्रवार | Friday, Jul 24 2026

उपनिर्वाचनका उम्मेदवार छान्न कांग्रेसमा सकस, कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

Untitled
Untitled
Untitled

काठमाडौं, आउँदो १५ वैशाखमा हुने उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

प्रचार विभागका प्रमुख मीन विश्वकर्माका अनुसार बैठक बिहान ९ बजे बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बस्न लागेको हो ।

देउवाले उम्मेदवार चयनका विषयमा सोमबारदेखि छलफलमा गरिरहेका छन् । मंगलबार र बुधबार कार्यसम्पादन समितिको बैठकमा उम्मेदवारबारे छलफल भएपनि सहमति जुट्न सकेन ।

उपनिर्वाचन हुने इलाम–२ र बझाङ प्रदेशसभा–१ मा उम्मेदवारका विषयमा सभापति देउवा र नेता शेखर कोइराला पक्षबीच सहमति जुट्न नसकेको हो ।

सभापति देउवाले इलाम–२ मा जिल्ला सभापति डम्बर खड्का र बझाङका लागि अभिषेक सिंहको नाम प्रस्ताव गरेका छन् ।

तर, कोइराला समूहले भने इलाम–२ मा महाधिवेशन प्रतिनिधि भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान राख्दै आएको छ ।

उम्मेदवार चयनकै विषयमा बिहीबार जिल्लाका नेताहरूसहित आकांक्षीसँग छलफल गरिने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए ।

Untitled
Untitled
Untitled