२०८३ साउन ८ शुक्रवार | Friday, Jul 24 2026

केन्द्रको निर्णय विपरित कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने, अध्यक्ष दाहालको निर्देशन अवज्ञा

Untitled
Untitled
Untitled

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने तयारी गरेका छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा शर्माले विश्वासको मत लिन लागेका हुन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको चाहना विपरित मुख्यमन्त्री शर्माले विश्वासको मत लिने भएका हुन् ।

सत्ता गठबन्धन दलको शीर्ष नेताबीच भएको सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा एमालेलाई दिने निर्णय भएको थियो ।

केन्द्रको सहमतिको बेवास्ता गर्दै माओवादीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिने भएपछि सरकार गठनमा समस्या हुने देखिएको छ ।

यसअघि मंगलबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम थियो ।

तर गठबन्धनको प्रमुख घटक एमालेले असन्तुष्टि जनाउँदै विश्वासको मत नदिने बताएपछि प्रदेशसभाको बैठक आजका लागि स्थगित भएको थियो ।

कर्णालीमा माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ सदस्य छन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।

Untitled
Untitled
Untitled