२०८३ साउन ९ शनिवार | Saturday, Jul 25 2026

काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी चितवनको सिमलधाराबाट त्रिशूलीमा खस्यो, ५ जनाको मृत्यु

Untitled
Untitled
Untitled

चितवन, चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन नजिकै सिमलधाराबाट त्रिशुली नदीमा एकाबिहानै खसेको ट्याक्सी दुर्घटनामा परेर ट्याक्सीमा सवार ५ जनाको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट गोरखा जान लागेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजेको समयमा सडकबाट करिब ८० मिटर तल नदिमा खसेको हो । मृतक सबैको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक बालिका, २ जना पुरुष र २ जना महिला रहेका छन् । उनीहरुको पहिचान भने खुलेको छैन ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको खटी उद्धार कार्य भइरहेको छ ।

Untitled
Untitled
Untitled