२०८३ साउन १२ मंगलवार | Tuesday, Jul 28 2026

७० अंकले बढ्यो नेप्से, १३ अर्बको कारोबार

Untitled
Untitled
Untitled

काठमाण्डू, साताको पहिलो दिन आइतबार सेयर बजार सूचक नेप्से ६९.८० अंक (२.६२ प्रतिशत)ले बढेको छ।

२७२७ पुगेको नेप्से पछिल्लो दुई महिनायताकै उच्च हो।

आइतबार १२ अर्ब ९५ करोडको कारोबार भएको छ। २०२ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ३ को स्थिर रह्यो।

आइतबार माइक्रोफाइनान्स सबैभन्दा धेरै ४.९२ प्रतिशत, बैंकिङ २.५२, विकास बैंक ३.१५, फाइनान्स १.२९, होटल तथा पर्यटन १.८२, हाइड्रोपावर १.४१, लगानी ३.३८, जीवन बीमा २.४३, उत्पादन तथा प्रशोधन ३.०७, निर्जीवन बीमा ३.७१, अन्य २.६३ र व्यापार समूह १.३१ प्रतिशत बढे।

आइतबार ९ कम्पनीको मूल्यमा सर्किट लाग्यो। उन्नति सहकार्य, ग्लोबल आईएमई लघुवित्त, अभियान, विजय लघुवित्त, भूगोल इनर्जी हाइड्रोपावर, ग्रामीण विकास लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो।

सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत घट्यो। सप्तकोशी विकास बैंकको ८.२०, माथिल्लो मैलुङखोलाको ५.८५, मन्दाकिनी हाइड्रोपावरको ४.६ प्रतिशत मूल्य घट्यो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे।

Untitled
Untitled
Untitled