२०८३ साउन ७ बिहीवार | Thursday, Jul 23 2026

एसियाली खेलकुदमा रजत जितेकी एरिकाले अमेरिकामा जितिन् कराँतेमा स्वर्ण पदक

Untitled
Untitled
Untitled

काठमाडौं, १९ औँ एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङले अमेरिकाको‌ टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको यू–२१ उमेर समूहको ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन्।

गएराति सम्पन्न खेलमा एरिकाले उमेर समूहमा स्वर्ण पदक जितेकी हुन्।

एरिका ६८ केजीमाथिको खुला तौल समूहमा पनि फाइनलमा पुगेकी छिन्। उनले स्वर्णका लागि अमेरिकी खेलाडीको सामना गर्नेछिन्।

८४ केजी मुनिको तौल समूहमा भने विप्लभलाल श्रेष्ठ सेमिफाइनलमा रोकिएका थिए।

Untitled
Untitled
Untitled