२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

लगातार ६ हारपछि लखनउको पहिलो जीत, आरसीबीले गुमायो शीर्ष स्थानमा पुग्ने मौका

Untitled
Untitled
Untitled

एजेन्सी, इन्डियन प्रिमियर लिग (आइपीएल) मा लखनउ सुपर जायन्टसले लगातार ६ हारपछि पहिलो जीत निकालेको छ।

लखनउले राहत हासिल गर्दा साविक च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलोरु (आरसीबी) भने तालिकाको शीर्ष स्थानमा पुग्ने मौका गुमायो। बिहीबार भएको खेलमा बेंगलोरु लखनउसँग ९ रनले पराजित भयो।

वर्षाले प्रभावित बनेको खेलमा डिएलएस म्याथोडमा १९ ओभरमा घटाइएको थियो। जहाँ लखनउले ३ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो।

जवाफमा बेंगलोरु ६ विकेट गुमाएर २ सय ३ रनमा समेटियो। लखनउका लागि मिचेल मार्सले १ सय ११ रनको सतकीय इनिङ खेल्दा अर्सीन कुलकर्नीले १७ रन बनाए।

त्यस्तै निकोलसपुरनले ३८ रन बनाउँदा ऋषभ पन्तले ३२ रन बनाएका थिए।

२ सय १३ रनको लक्ष्य पछ्याएको बेंगलोरूका लागि कप्तान रजत पाटीदारले ६१ रनको इनिङ खेल्दा देवदत पाडिकलले ३४ रन बनाए ।

त्यस्तै टिम डेभिडले ४० रन बनाउँदा कुर्नाल पाण्ड्याले २८ रन बनाए। रमारियो शेफर्डले २३ रन बनाएका थिए।

लखनउका लागि प्रिन्स यादवले ३ विकेट लिए।

Untitled
Untitled
Untitled