काठमाण्डू, नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया खेलकुद छनोट तथा एसिसी महिला प्रिमियर कपका लागि बुधबार नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।
क्यानले १४ सदस्यीय नेपाली महिला खेलाडीको नाम सार्वजनिक गरेको हो। वैकल्पिकमा चार जना छन्।
टिमको कप्तान इन्दू बर्मा छिन् भने उपकप्तानमा पूजा महतोले जिम्मेवारी पाएकी छन्।
विन्दू रावल, सम्झना खड्का, रुवी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सीता राना मगर, अनु कडायत, मनीषा उपाध्याय, रुवीना क्षेत्री, सोनी पाख्रिन र सीमा केसी टिममा छन्।
वैकल्पिक खेलाडीमा सावित्री धामी, सोमु विष्ट, सना प्रवीण र लक्ष्मी साउदलाई राखिएको छ।
मलेसियामा हुने एसियन गेम्स छनोट मे २३ देखि ३१ तारिखसम्म हुँदैछ भने प्रिमियर कप आगामी जुन १ देखि १३ सम्म हुनेछ।


































