२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

उपत्यकामा १,८०६ सवारी चालक कारबाहीमा, १८ लाखभन्दा बढी राजस्व संकलन

Untitled
Untitled
Untitled

काठमाण्डू, पछिल्लो २४ घण्टामा उपत्यकामा १,८०६ सवारी चालकलाई ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा कारबाही गरिएको छ ।

कारबाहीबाट राज्यकोषमा रु १८ लाख ७६ हजार ५०४ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ७७ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १६२ जना तथा ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १०६ जनामाथि कारबाही गरिएको हो ।

यस्तै, तीव्र गतिमा सवारी चलाउने ८८ जनालाई पनि नियन्त्रणमा लिइएको छ ।

त्यसैगरी, लेन अनुशासन पालना नगर्ने ८४, निषेधित क्षेत्रमा हर्न बजाउने ३९, सडक पेटीमा पार्किङ गर्ने ७७ र एकतर्फी सडकमा सवारी चलाउने १११ जनालाई कारबाही गरिएको छ ।

अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १,०६२ जना पनि कारबाहीको दायरामा परेका छन् ।

Untitled
Untitled
Untitled