२०८३ साउन १२ मंगलवार | Tuesday, Jul 28 2026

जित्नै पर्ने खेलमा नेदरल्याण्ड्सलाई हराउन नेपालले १४१ रनको चुनौती पछ्याउँदै

Untitled
Untitled
Untitled

काठमाण्डू, काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० महिला क्रिकेट श्रृंखलाको तेस्रो खेलमा नेपालले अहिले नेदरल्याण्ड्ससँग खेलिरहेको छ ।

त्रिवि मैदान कीर्तिपुरमामा यसअघिका दुवै खेल हारेको नेपाल उपाधि होडका लागि जित्नैपर्ने दबाबमा रहेको छ ।

नेपालले जीतका लागि १४१ रनको चुनौती पछ्याउँदैछ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो ।

कप्तान बेबेट्टे डे लीडेले सर्वाधिक ४१ रन बनाएको इनिङ्समा सात खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् ।

नेपालका लागि सीता राना मगरले १२ रन खर्चेर ५ विकेट लिइन् । त्यसैगरी दोस्रो खेल खेलेकी मनिषा उपाध्यायले २ विकेट लिइन् ।

थाइल्याण्ड विरुद्धको डेब्युमा पनि उनले २ विकेद्ट लिएकी थिइन् । यो खेलबाट रेवती धामीले डेब्यु गरेकी छिन् । एक ओभरमात्र फ्याँकेकी रेवतीले १० रन दिएकी थिइन् ।

यसअघि भएको खेलमा नेपालले नेदरल्याण्ड्ससँग २० रनको हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा थाइल्याण्डसँग ४ विकेटले पराजित भयो ।

दोस्रो खेलको नतिजा

दोसो खेलमा नेपालले शनिबार थाइल्याण्डसँग ४ विकेटको हार बेहोरेको हो । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १०१ रन बनायो ।

कविता कुँवर र बिन्दू रावलले समान २५ तथा कप्तान इन्दू बर्माले १५ रन बनाएको इनिङ्समा अन्य कुनै ब्याटरले दोहोरो स्कोर खडा गरेनन् ।

डेब्यु खेलाडीद्वय अलिशा यादव अविजित २ तथा मनिषा उपाध्याय १ रनमा अविजित रहे । थिपात्चा पुथावोङले ३ विकेट लिइन् ।

जवाफमा थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा जित हासिल गर्यो । प्लेयर अफ द म्याच नानापत कोन्चारोएन्काईले ५८ बलमा अविजित रहँदै ६० रन जोडिन् ।

नेपालका लागि डेब्यु खेलाडी मनिषा उपाध्यायाले २ तथा कविता कुँवर, रुबिना क्षेत्री र कविता जोशीले १–१ विकेट लिए ।

पहिलो खेलको नतिजा

नेपालले कमजोर शुरुआत गरेको छ । पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग २० रनको हार बेहोर्यो ।

जितका लागि नेपालले १५८ रनको चुनौती पछ्याउने क्रममा ७ विकेटको क्षतिमा १३७ रन बनायो ।

सीता राना मगरले ४५ बलमा २८, कविता जोशीले १७ बलमा २७ तथा पूजा महतोले १४ बलमा २४ रन बनाए बाहेक अन्य ब्याटरले उल्लेखनीय खेल्न सकेनन् ।

नेदरल्याण्ड्सकी क्यारोलिन डे लाङ्गे र इभा लिन्चले समान २–२ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १५७ रन बनायो ।

रोविने रिज्केले ४८ बलमा अविजित रहँदै ५९ तथा आइरिस विलिङले १३ बलमा अविजित रहँदै ३१ रन जोडिन् ।

यहाँनेर नेपाली टोलीकी कप्तान इन्दू वर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय विफल भएको थियो ।

नेपालका लागि यू–१९ टिमकी कप्तान पूजा महतो, कविता कुँवर, ईश्वरी बिष्ट र सीता राना मगरले एक एक विकेट लिए ।

घरेलु टोलीको इतिहासमा नै पहिलो पटक नेपाली महिला टोलीले नेदरल्याण्ड्सको सामना गरेको हो ।

महिला टी–२० वरीयतामा नेदरल्याण्ड्स १६औंँ स्थानमा रहँदा नेपाल भने २० औँ स्थानमा छ ।

यो श्रृंखलाको खेल्ने शैली

सहभागी टोलीले एकअर्कासँग समान तीन पटक खेल्नेछन् । त्यसमा अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।

Untitled
Untitled
Untitled