२०८३ साउन १२ मंगलवार | Tuesday, Jul 28 2026

आइपीएलमा कोलकाताको लगातार दोस्रो जीत, बेंगलुरु घरमै ७ विकेटले स्तब्ध

Untitled
Untitled
Untitled

एजेन्सी, कोलकाता नाइट राइडर्सले भारतमा जारी १७औँ संस्करणको इण्डियन प्रिमियर लिग ( आइपीएल ) मा लगातार दोस्रो जीत निकालेको छ ।

दोस्रो जीत निकाल्नेक्रममा कोलकाताले शुक्रबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ७ विकेटले हरायो ।

आफ्नो दोस्रो खेलमा बेंगलुरुले दिएको १ सय ८३ रनको लक्ष्य कोलकाताले निर्धारित १६.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि वैंकटेश अय्यरले अर्धशतकीय पारी खेले । ३० बलको सामना गरेका उनले चार छक्का र तीन चौकासहित सर्वाधिक ५० रन बनाए ।

यस्तै, सुनिल नारायणले ४७, फिल साल्टले ३० र कप्तान श्रेयस अ्यरले अविजित ३९ रनको योगदान दिए ।

बेंगलुरुका लागि विजयकुमार वैशाख, यश दयाल र मयंक डागरले एकरएक विकेट लिए ।

त्यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम बेंगलुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनायो ।

Untitled
Untitled
Untitled