२०८३ साउन ८ शुक्रवार | Friday, Jul 24 2026

हनुमानढोका पुगेर राष्ट्रपति पौडेलले गरे वसन्त श्रवण

Untitled
Untitled
Untitled

काठमाण्डू, राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको हनुमानढोकास्थित नासल चोक पुगेर बसन्त श्रवण गरेका छन्।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा उनले वसन्त श्रवण गरेका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीले फूलमाला, टीका र प्रसाद प्रदान गरेका थिए ।

वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ। वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ।

राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए।

सोही अवसरमा सरकारका उच्च अधिकृतकासाथै सुरक्षाअङ्गको प्रमुखहरु सहभागी भएका थिए। वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजाआराधना गर्ने गरिन्छ।

Untitled
Untitled
Untitled