काठमाण्डू, कमल थापा नेपाल प्रहरीको वर्दीमा नै रहेर पनि अहिले साहित्यिक र सांगीतिक रूपमा सक्रिय भएका छन् ।
भर्खरै सार्वजनिक भएको पहाडकी रानी गीतले सामाजिक सञ्जालमा धेरै राम्रो चर्चा बटुलिरहेको छ।
यस गीतमा संगीत मात्र नभई गहिरो अनुभूति पनि समेटिएको छ – जहाँ पहाडको सम्झना, समयको गहिरो प्रेम, प्रकृतिको अनुभव र जीवनको भावनात्मक कथा छ।
प्रहरीको अनुशासन, कर्तव्य र जिम्मेवारीबाट फुर्सद निकालेर सिर्जनात्मकतामा लागेका थापा प्रहरीका काबिल अधिकृत एसएसपी थापा।
मधेश प्रदेशमा कार्यरत एसएसपी थापाले प्रहरी सेवाको चुनौतीपूर्ण र व्यस्त जिम्मेवारीको बीचमा एक फरक संसारको सिर्जना गरेका छन् – शब्दको संसार, भावनाको संसार, र गीत/संगीतको संसार।
उनको जीवन केवल अपराध अनुसन्धान, सुरक्षा योजना र प्रशासनिक जिम्मेवारीसम्म सीमित छैन, उनी समयसँग संवाद गर्दै प्रकृतिसँग कुरा गर्न मन पराउने थापा आफ्नो मनमा लुकेको प्रेम र पुराना स्मृतिहरूसँग पनि जिवन्त सम्बन्ध राख्न माहिर छन् ।
उनले बाल्यकालको पहाडी डाँडाकाँडा, कहिले पुराना सम्झनाहरू र कहिले समयको गहिरा अनुभवहरू उनको सिर्जनामा परिर्वतित हुन्छन्।

उनका गीतहरूमा समाजका विभिन्न पक्ष, मानिसका पीडा र संघर्षलाई समेटेर दर्शकमाझ पस्केका छन् ।
उनका गीतहरूमा जीवनका यथार्थता, समाजका भावनात्मक पक्ष र प्रकृतिका गहिरा अनुभूतिहरू छन् ।

उनको सिर्जनामा बजारमा आएको पहाडकी रानी गीतमा लोकप्रिय नेपाल आइडल विजेता करण परियारको स्वर र ताराप्रकाश लिम्बूको सङ्गीतले गीतलाई अझ भावनात्मक बनाएको छ।

यसअघि समीर खरेलको स्वरमा ‘पछ्यौरी’ नामक गीत पनि सार्वजनिक भइसकेको छ, जसले टिकटक र युट्यूबमा तिव्र प्रतिक्रिया पाएको छ।
एसएसपी थापाको यो सिर्जनात्मक यात्रा केवल व्यक्तिगत सफलता नभइ, समाजका लागि पनि एक गहिरो छाप पर्ने खालको छ।

उनको जीवन र सिर्जनाले एक महत्वपूर्ण सन्देश दिन्छ – वर्दीभित्र पनि संवेदनशील मन हुन्छ, जसले समय, प्रकृति र प्रेमलाई बुझ्न सक्छ र शब्दमा उतार्न सक्छ।
यसले प्रहरी सेवा र सिर्जनात्मकता बीचको सन्तुलनलाई प्रमाणित गर्दछ।




































