विलियन सेक्सपियरले भनेका छन की जीवन एक रंगमञ्च हो र हामी यस रंगमञ्चका कलाकार हौं ।
सबै मानिसको जीवनलाई बुझ्ने वा हेर्ने आफ्नै आफ्नै तरिका वा सोच वा विचार हुन्छन् । कसैले जीवनलाई एउटा खेलको रुपमा लिएका छन, कसैले जीवनलाई भगवानले दिएका उपहारको रुपमा लिएका छन् । कसैले जीवन एउटा यात्राको रुपमा लिएका छन् भने कसैले जीवनलाई एउटा दौडको रुपमा लिएका छन् । यसै गरी जीवनका बारेमा मानिसका आफ्ना आफ्ना छुट्टाछुट्टै धारणाहरु रहेका छन् ।
आउनुहोस आज हामी जीवनको बारेमा केही नयाँ कुरा बुझौ ! हामीलाई हाम्रो जीवनको अनुभव यहाँहरुसँग आदान प्रदान गरौं ।
आज यहाँ जीवनलाई एउटा खेलको रुपमा बुझेर वा तुलना गरेर हेरौ !
जीवन एउटा प्रकारको खेल हो वा खेल जस्तै हो । हामी मानिस त्यसका खेलका प्रमुख खेलाडी हौं । यस खेलमा हामीले प्रत्येक पल खेलिरहेका हुन्छौं । चाहेर वा नचाहेर हामी जीवनको खेलमा रुमल्लिरहेका हुन्छौं ।
जीवनलाई खेलको रुपमा परिभाषित गरिरहँदा त्यस खेलको नामबारे यहाँहरुलाई चाँसो भयो होला, पक्कै पनि कुनै पनि खेलको नाम त अवश्य हुन्छ त्यसले यस खेलको नाम रहेको हुन्छ जसको नाम हो “विचारको खेल” ।
यस खेलमा मानिसहरु दुस्मनहरुबाट सधै बचेर हिड्नु पर्ने हुन्छ । मानिस जब आफ्ना आफन्त वा मित्रहरुबाट टाढा हुन्छ तब यस खेलमा मानिसको हार हुन्छ र मानिसले जीत्नका लागि आफ्ना मित्र वा आफन्तसँग नजिक हुनु पर्दछ । मानिसको हार भनेको मित्रबाट टाढा हुनु हो वा दुस्मनबाट घेरिनु हो ।
मानिको सबैभन्दा ठुलो मित्र वा आफन्त भनेको विचार हो र यही विचार नै मानिसको सबैभन्दा ठूलो दुस्मन पनि हो । मानिस भित्र नैं मित्र र सत्रु दुवै बसेको हुन्छ त्यो विचार भित्र निहित रहेको हुन्छ । विचारहरु दुई प्रकारका हुन्छन्, सकारात्मक विचार र नकारात्मक विचार । मानिसको मित्र सकारात्मक विचार हो भने मानिसको दुस्मन नकारात्मक विचार हो ।
मानिस हरेक दिन ६० देखि ९० हजार विचारको साथमा रहन्छ । यसको अर्थ प्रत्येकपल मानिस सकारात्मक वा नकारात्मक विचारको सामना गरिरहेको हुन्छ । यसको अर्थ मानिस सदैव मित्र र सत्रुको बीचमा घेरिएर बसेको हुन्छ । मानिसहरुलाई कुन विचारलाई अबलम्बन गर्ने ? सकारात्मक वा नकारात्मक १ यही नै मानिसको जीवनको सबैभन्दा ठुलो खेल हो ।
जीवनको खेलमा मानिसले सकारात्मक वा नकारात्मक विचार कुन आफ्नो मित्र हो त्यसलाई चुन्नु पर्ने हुन्छ । मानिसले विचारहरुको पहिचान गर्नु र आफ्नो मित्रको साथ रोज्नु नैं यसको खेलको प्रमुख रणनिति हो । पक्कै पनि मानिस तब खुशी हुन्छ जब उसले सोचेको कुरा पुरा हुन्छ । तर मानिसले कसको साथ लियो, सकारात्मक वा नकारात्मक विचारको त्यसले उसको खुशीको आयू निर्धारण गरेको हुन्छ । त्यसैले मानिसको खुशी पनि विचारमा निर्भर रहेको हुन्छ । त्यसैले यस खेलमा प्रमुख कार्य विचार चयनको विषय हो ।
जीवनको खेलमा मानिसले सकारात्मक वा नकारात्मक विचार कुन आफ्नो मित्र हो त्यसलाई चुन्नु पर्ने हुन्छ । मानिसले विचारहरुको पहिचान गर्नु र आफ्नो मित्रको साथ रोज्नु नैं यसको खेलको प्रमुख रणनिति हो ।
हरेक सकारात्मक विचारसँग कैँयौ नकारात्मक विचारहरुले पछ्याइरहेका हुन्छन् । यस खेलको मूल मन्त्र भनेको यदी मानिस निरन्तर सकारात्मक विचारहरुलाई चयन गर्दछ भने उसको बानिको विकास हुन्छ कि सकारात्मक विचारको चयन गर्ने । यसैगरी नकारात्मक विचारहरुलाई चयन गर्दछ भने पनि उसलाई नकारात्मक विचारहरुलाई चयन गर्ने बानि बस्दछ ।
जब कहिलेकाहि मानिसले आफू गल्ती गर्दछ र उसले नकारात्मक विचारहरुलाई चयन गर्दछ र उ त्यसमा बानि पर्दछ र सधै नकारात्मक सोच र विचारका साथ अगाडि बढ्दछ । हामीले चाहेर वा नचाहेर नकारात्मक विचारको चयन गर्यौ भने त्यसले तपाईलाई अझ नकारात्मक सोचमा अगाडि बढनका लागि प्रेरित गर्दछ । नकारात्मक सोचका साथ तपाई अगाडि बढ्नुभयो भने तपाईलाई नकारात्मकतातिर अगाडि बढ्ने बानी बस्दछ । जब मानिस नकारात्मक सोचहरुसँग बढी नजिक हुन्छ, उसका दुस्मनहरु नजिक हुन्छन् र उ सधै दुःखि रहन्छ ।
मानिसको साथमा जब सकारात्मक सोचहरु हुन्छन् तब उससँग नकारात्मक सोच र विचारहरुको कमि हुन्छ र मानिसले आफ्नो जीवनमा जीत हासिल पार्दछ । मानिसहरु उसको प्रशंसा गर्दछन् र उ सधै खुशी रहन थाल्दछ । सकारात्क विचारमा तपाईको जीवनलाई सुखमय बनाउनका लागि सहयोग गर्ने गर्दछ ।
सकारात्मक विचारमा तपाईको जीवनलाई सुखमय बनाउनका लागि सहयोग गर्ने गर्दछ ।
मानिसले सधै विचारहरुको चयनमा धेरै सावधानी अपनाउनु पर्ने हुन्छ र मानिसले चिन्नु पर्ने हुन्छ की को आफ्नो मित्र हो वा सत्रु । जसले यस खेललाई सम्झन्छ त्यो मानिसले जीवनको रहस्यलाई बुझ्दछ र सधै खुशी हुन्छ । जसले बुझ्दैन उ सधै बर्बाद मात्र हुन्छ ।
यस खेलमा धेरै जसो मानिसहरु दुस्मनलाई चिनेर पनि अँगाल्दछन् र जीवनभर दुःखको भूमरिमा फस्दछन् । नकारात्मक विचारले वर्तमानमा वा यथास्थितिमा केही राम्रो अनुभव दिएतापनि दिर्घकालीन रुपमा यसले मानिसलाई समस्यामा पार्दछ ।
कतिपय मानिसहरु सकारात्मक सोच वा नकारात्मक सोचको उपज अरु (भगवान)लाई दोष दिन्छन् र आफु उन्मुक्त हुन खोज्दछन् तर हामीले यो बुझ्नु जरुरी छ की विचारको श्रोत हामी आफै हौं र यसले जीवनमा महत्वपूर्ण प्रभाव पारिरहेको हुन्छ । हामी जब हार्र्छौ वा दुःखमा पर्दछौं तब बढीभन्दा बढी नकारात्मक सोचको बिकास भइरहेको हुन्छ त्यसैले जब यस खेलमा नकारात्मक विचारको साथ लिन्छौं हामी झन दुःखको खाडलमा भासिरहेका हुन्छौं ।
कतिपय मानिसहरु सकारात्मक सोच वा नकारात्मक सोचको उपज अरु (भगवान)लाई दोष दिन्छन् र आफु उन्मुक्त हुन खोज्दछन् तर हामीले यो बुझ्नु जरुरी छ की विचारको श्रोत हामी आफै हौं र यसले जीवनमा महत्वपूर्ण प्रभाव पारिरहेको हुन्छ ।
विचार नै जीवनको मूल स्रोत हो जसले मानिसलाई सुख र दुःखको अनुभूति दिन्छ भन्ने जीवनको यस रहस्यलाई हामीले बुझ्न सक्यौ भने पक्कै पनि हामी सफल र सुखी हुनेछौ र सम्पूर्ण जीवन पनि यही विचारको खेल हो ।
(-विभिन्न पुस्तक तथा पत्रपत्रिकाबाट संकलित सामाग्री)