काठमाडौं, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
बैठक चैत्र २० गते मंगलबार दिउँसो २: ०० बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छु, विज्ञप्तिमा भनिएको छ।




































