२०८३ असार १२ शुक्रवार | Friday, Jun 26 2026

एसिसी महिला एसीया कप क्रिकेटमा नेपालले आज बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै

Untitled
Untitled
Untitled

काठमाण्डू, श्रीलंकामा जारी एसीसी महिला एसीया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै छ ।

नेपाल र पाकिस्तानबीचको खेल श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७स्१५ बजे सुरु हुनेछ ।

नेपाल पहिलो जीतले उत्साह साथ बलियो प्रतिद्वन्द्वी विरुद्ध मैदानमा हुनेछ । पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ ।

नेपालले प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचत प्रतिस्पर्धी युएईलाई ६ विकेटले हराउँदै एसीया कपमा पहिलो ऐतिहासिक जीत निकालेको थियो ।

आजै हुने समूह ‘ए’ को अर्को खेलमा यूएईले भारतको सामना गर्दै छ । भारत लगातार जीत निकाल्दै अघिल्लो चरणको ढोका खोल्न चाहन्छ भने यूएई पहिलो जितको खोजीमा हुनेछ ।

यो खेल आइतबार दिउँसो २:१५ बजे सुरु हुनेछ । प्रतियोगितामा आठ टोली सहभागी छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ ।

नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ । त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

Untitled
Untitled
Untitled