२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

मेलम्चीमा आधारभूत पत्रकारिता तालिम सञ्चालन

Untitled
Untitled
Untitled

सिन्धुपाल्चोक । जिल्लाको मेलम्ची नगरपालिका–११ मा ३ दिने आधारभूत पत्रकारिता तालिम हालै सञ्चालन भएको छ । मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा नेत्रज्योति मिडिया हाउसप्राली सिन्धुपाल्चाेककाे आयोजनामा मेलम्ची बजारको होटल हेरिटेजमा तालिम तालिम कार्यक्रम सञ्चालन भएकाे हाे ।

नेपाल पत्रकार महासघंका केन्द्रीय महासचिव रामप्रसाद दाहालको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाकी उपाध्यक्ष कान्ती न्यौपानेको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा बिभिन्न वडाका बिद्यार्थीहरु सहभागीता रहनु भएको छ ।

तालिमको उद्धघाटन गर्दै महासचिब दाहालले पत्रकारिता पेशा आफैंमा राम्रो मर्यादित पेशा हो यसलाइ प्रयोग गर्न जान्नु पर्छ यो पेशा जोखिम पनि छ भन्नु हुँदै “पत्रकारिता केवल समाचार लेख्ने काम मात्र होइन, समाजप्रति उत्तरदायी भएर सत्य र तथ्य प्रस्तुत गर्ने दायित्व भएको बताउनु हुँदै यस्ता तालिमले नयाँ पुस्तामा सही सोच र सीप विकास गर्न मद्दत गर्ने विचार ब्यक्त गर्नुभयाे  ।

नेत्रज्योति मिडीहाउसका सञ्चालक नेत्र बहादुर बस्नेतको सभापतित्वमा भएको उद्धघाटन समारोहमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व अध्यक्ष एवम प्रेस युनियन बागमती प्रदेसका अध्यक्ष युवराज पुरीले कार्यक्रम संञ्चालन गर्नु हुँदै मेलम्ची नगरपालिकामा रहेका युवा युवतीहरुलाइ पढ्ने बित्तीकै बिदेस जान भन्दा पनि यहीँ बसेर काम गर्नु पर्छ भन्ने साेचकाे विकास हाेस् भन्ने उद्देश्यले यो पत्रकारिता पेशामा लाग्न चाहनुहुनेका लागी तालिम महत्वपूर्ण रहेको बताउनु भयो ।

विशेष अतिथि कान्ती न्यौपानेले पत्रकार पत्रकारिता र सामाजिक सञ्जाल प्रयोगका बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रमका सभापति नेत्र बहादुर बस्नेतले “डिजिटल युगमा सूचना छिटो फैलिन्छ, तर सही सूचना प्रवाह अझै महत्वपूर्ण छ ।

विद्यार्थीलाई प्रारम्भिक चरणमै पत्रकारिताको ज्ञान दिन सके भविष्यका सक्षम सञ्चारकर्मी तयार गर्न सकिन्छ भन्ने उद्धेश्यका साथ यो तालिमको आयोजना गरिएको र तालिम लिएका मध्येबाट इच्छुकलाई मिडीया हाउसमा रोजगारको समेत अवसर दिने बताउनु भयो ।

तिन दिनसम्म सञ्चालन भएकाे उक्त तालिममा माध्यमिक शिक्षामा अध्ययनरत विभिन्न संकायका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ ।

विद्यार्थीहरूमा पत्रकारिताको आधारभूत ज्ञान, समाचार लेखन सीप, सञ्चार नैतिकता तथा जिम्मेवार सूचना प्रवाहबारे व्यावहारिक विकास गर्नु मुख्य उद्धेश्य रहेको आयोजकले जनाएको छ ।

कार्यक्रम मार्फत युवा पुस्तालाई सञ्चार क्षेत्रप्रति आकर्षित गर्दै सचेत र जिम्मेवार नागरिक निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उक्त तालिममा समाचार लेखन, अन्तर्वार्ता कला, रिपोर्टिङ, सञ्चार नैतिकता तथा डिजिटल मिडियाको प्रयोग सम्बन्धी विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

उक्त तालिममा रामप्रसाद दाहाल, कान्ती न्यौपाने, युबराज पुरी, निशा देउजा, आइसिं तामाङले प्रशिक्षकाको रुपमा सहजिकरण गर्नु भएकाे थियाे ।

स्थानीय समाज सेवी सागर श्रेष्ठले ग्रामिणक्षेत्रमा तालिम दिएर रोजगारको लागी समेत अवसर प्रदान गर्न लागिएकोमा आयोजक प्रति आभार व्यक्त गरेका थिए ।

Untitled
Untitled
Untitled