२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

विद्यार्थीको प्रदर्शन चर्किदै गएपछि बंगलादेशमा कर्फ्यू जारी, देशभर सेना परिचालन

Untitled
Untitled
Untitled

एजेन्सी, बंगलादेशका विभिन्न शहरमा विद्यार्थीको प्रदर्शन चर्किदै गएपछि सरकारले कफ्र्यु जारी गरेको छ ।

राजधानी ढाकामा थप ३५ जनाको मृत्यु भएपछि थप हिंसा बढ्न सक्ने भन्दै सरकारले मध्यरातीदेखि देशव्यापी कर्फ्यू लगाएको हो । कफ्र्युसँगै सरकारले सेना परिचालन गरेको छ ।

सन् १९७१ मा देशको स्वतन्त्रता संग्रामका बेला योगदान दिएका परिवारका लागि सरकारी जागिरमा छुट्याएको आरक्षणको विरोधमा विद्यार्थीहरुले गरेको प्रदर्शन देश भर फैलिएको छ ।

जारी हिंसा र अशान्तिलाई नियन्त्रण गर्न सेनाले गस्ती शुरू गरेको छ । हिंसाका कारण अहिलेसम्म कम्तीमा १२३ जनाको मृत्यु भएको सरकारी अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री शेख हसिनाको १५ वर्षको शासनकालमा विद्यार्थीको पछिल्लो प्रदर्शनलाई अहिलेसम्मको सबैभन्दा ठूलो संकट मानिएको छ ।

राजधानी ढाकाका सडकहरू शनिबार दिउँसो सुनसान भएका थिए । राजधानी ढाकालाई बख्तरबन्दसहितका सुरक्षा कर्मचारीले गस्ती गरिरहेका छन् ।

विद्यार्थीको प्रदर्शनमा अन्य समूह र वर्गले पनि साथ दिन थालेपछि प्रधानमन्त्री हसिनाको राजीनामालाई आन्दोलनकारीले बटमलाइन बनाएका छन् ।

Untitled
Untitled
Untitled