२०८३ असार १२ शुक्रवार | Friday, Jun 26 2026

नेपाली कांग्रेसको मुख्य सचेतकमा श्याम घिमिरे मनोनीत

Untitled
Untitled
Untitled

काठमाण्डू, सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको मुख्य सचेतकमा श्यामकुमार घिमिरे मनोनीत भएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले घिमिरेलाई शनिबार मुख्य सचिव मनोनीत गरेको निजी सचिव केशवराज जोशीले जानकारी गराएका छन्।

यसअघिका प्रमुख सचेतक रमेश लेखक एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका गृहमन्त्री छन्।

उनी गत असार ३१ गते गृहमन्त्री बनेपछि सो पद रिक्त थियो। रिक्त पदमा दलको विधान धारा १३ को उपधारा (१) बमोजिम घिमिरेलाई देउवाले मनोनीत गरेको जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

घिमिरे सिन्धुली क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

Untitled
Untitled
Untitled