२०८३ असार १३ शनिवार | Saturday, Jun 27 2026

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

Untitled
Untitled
Untitled

काठमाण्डू, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने भएको छ।

राप्रपाको निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो।

नेता प्रकाशचन्द लोहनी नेतृत्वको निर्देशक समितिले मत नदिन सुझाव दिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

यद्यपी, यसबारे औपचारिक निर्णय भोलि बस्ने संसदीय दलको बैठकले लिने छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ओलीलाई तत्काल विश्वासको मत नदिने बताएका थिए।

Untitled
Untitled
Untitled