२०८१ मंसिर २७ बिहीवार | Thursday, Dec 12 2024

आज गुरु पूर्णिमा, गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

Untitled
Untitled
Untitled

काठमाण्डू, आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

संस्कृत शब्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा गिरति अज्ञानं इतिः गुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा बुबा सहर मान्ने चल रहिआएको वरिष्ठ ज्योतिष एवं पण्डित रुद्रनाथ अधिकारीले बताए ।

उनले भने, ‘नेपालमा धर्म र संस्कृतिको क्षेत्र साँघुरो हुँदै गइरहेको छ । हामीले हाम्रो रितिलाई धर्मसँग मिलायौं । अनि धर्मलाई पेसासँग । जसका कारण धर्म विशुद्ध रुपमा प्रयोग भएको छैन ।

विषेश गरी गुरु पुर्णिमाको दिन भनेको सम्पूर्ण सठशास्त्रको लिपिवद्ध गरि प्रतिपादन गरेर लोककल्याणार्थ प्रकाशन गरिएको अवसरमा मनाइँदै आएको छ ।

र, भगवान वेद व्यासको जन्म जयन्तीको अवसर भएका कारणले पनि यसदिनलाई गुरुहरुप्रति श्रद्धा र सम्मान गरि मनाइँदै आएको छ ।’

हिजोको दिनमा विश्वमा लिखित संविधानहरु नबनिसकेको अवस्थामा समाज परिचालन गर्ने गुरुहरू र वेदव्यासका रचनाहरुको सम्मान गर्न अति जरुरी रहेको ज्योतिष अधिकारीको भनाइ छ ।

Untitled
Untitled
Untitled