२०८३ साउन ८ शुक्रवार | Friday, Jul 24 2026

राजश्व अनुसन्धान विभागले गर्यो अमेरिकी आईटी कम्पनी कोटीभीटी विरुद्ध ४ अर्ब राजश्व चुहवाहटको मुद्दा दायर

Untitled
Untitled
Untitled

काठमाडौं, राजस्व अनुसन्धान विभागले अमेरिकी लगानीको आईटी कम्पनी कोटीभीटी नेपाल प्रालि विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ।

कोटीभीटी नेपाल विरुद्ध विभागले आइतबार कर छली अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो।

विभागले ४ अर्ब ७६ करोड राजस्व चुहावट कसुर भएको र राज्यलाई कुल ५ अर्ब १८ करोड कायम गरी मुद्दा दायर गरेको हो।

राजस्व चुहावट ( अनुसन्धान तथा नियन्त्रण ) ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी त्यही ऐनको दफा ४ को ( क ), ( ग ), ( च ) र  ( झ ) बमोजिमको कसुर गरेको दाबीसहित उक्त कम्पनी विरुद्ध मुद्दा दर्ता गरिएको छ।

विभिन्न आर्थिक वर्षमा सेयर स्वामित्वमा परिवर्तन भएको देखिए पनि कम्पनीको सेयर स्वामित्वमा भएको परिवर्तनअनुसार मध्यमस्तरीय करदाता कार्यालयलगायत निकायमा प्रचलित कर कानूनबमोजिम बुझाउनुपर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्व दाखिला नगरेको पाइएको विभागले जनाएको छ।

मुख्य कम्पनीको लागि व्यवसायिक कारोबार गर्ने, मुख्य कम्पनीको व्यवसायिक प्रतिनिधित्व गर्ने तथा मुख्य कम्पनीको नेपालस्थित कानूनी रुपमा मान्य प्रतिनिधिसमेत देखिँदा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची–२ को दफा २ ( क ) आकर्षित हुने नदेखिएको सन्दर्भमा कर असुल गर्नुपर्नेमा असुल गरेको नदेखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ( क ) र ७ ( ख ) आकर्षित हुने देखिएकोले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा १० को उपदफा ( ३ ) बमोजिम थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने निर्णयसमेत भएको विभागले जनाएको छ।

Untitled
Untitled
Untitled