२०८३ साउन ४ सोमवार | Monday, Jul 20 2026

समाचार संकलन गर्न पत्रकार लगेर रकम असुल्ने भिटोफ नेपालले २७ औं अधिवेशनको अवसर पारेर गर्यो पत्रकार तथा बिभिन्न क्षेत्रका ब्यक्तिलाई सम्मान

Untitled
Untitled
Untitled

काठमाण्डू, समाचार संकलन गर्न पत्रकार लगेर रकम असुल्ने संस्था गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल ( भिटोफ नेपाल ) ले २७ औं अधिवेशनको अवसर पारेर पत्रकार तथा बिभिन्न क्षेत्रका ब्यक्तिलाई सम्मान गरेको छ ।

महाधिबेशनको अवसर पारेर पर्यटन क्षेत्रमा लामो समयदेखि क्रियाशील पत्रकार कुमारप्रसाद चौंलागाई सहित निशेष थापा, बाबूराम कार्की, राधा ढुङ्गाना, तारालाल धरेल, गोपाल थापा, बोधराज भण्डारी, , माधव घिमिरे ‘अटल’ लगायतलाई भिटोफ नेपाल उन्नयनमा विभिन्न किसिमका योगदान गरे वापत सम्मान गरिएको थियो ।

काठमाडौंको नयाँ बजारमा भएको अधिबेशनले नयाँ समिति पनि चयन गरेको छ ।

हरिशरण थपलियाको अध्यक्षतामा नवनिर्वाचित समितिमा प्रथम उपाध्यक्ष मनहरि दाहाल, द्वितीय उपाध्यक्ष विनोद वस्ती, महासचिव अर्जुन भट्ट, सचिव सुरेन्द्र भट्ट, कोषाध्यक्ष इन्दिरा रिमाल न्यौपाने तथा सह-कोषाध्यक्ष नारायण सोडारी चयन भएका थिए ।

समितिका सदस्यहरुमा प्रतीपकुमार तामाङ, सुनिता पौडेल दवाडी, विनोद ढकाल र सुनिता अधिकारी न्यौपाने निर्वाचित भएका थिए ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिबेशनको उदघाटन गर्दै नेपालको पर्यटन उन्नयनमा सरकारको तर्फबाट यथाशक्य सहयोग गर्ने वाचा बताए ।

अभ्यक्ष दाहालले पर्यटन क्षेत्रलाई आफूले नजिकबाट नियालेको जिकिर गर्दै पर्यटनलाई हरेक नेपालीले मनबाटै माया गर्नुपर्ने जिकिर गरे ।

प्रदेश संस्कृति तथा पर्यटन सचिव दीपेन्द्र सुवेदीले तेह्रौ अधिवेशनको भव्य सफलताको कामना गर्दै बागमती प्रदेशले पर्यटन क्षेत्रको विविधीकरण र सुधारलाई उच्च प्राथमिकता दिएको दावी गरे ।

सचिव सुवेदीले प्याराडाइज एपमार्फत पर्यटन प्रवर्धनको कामलाई अघि बढाएको बताउँदै सिन्धुपाल्चोक जिल्लाको बलेफीमा राफ्टिङ स्कूल खोल्ने सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नयाँ कार्यसमितिले पनि उत्साह सञ्चार गर्दै प्रवर्धन गर्न आग्रह गरे ।

उपाध्यक्ष सापकोटाले नेपालको पर्यटन प्रर्वधन गर्न भिटोभको योगदानको मुक्तकण्ठले प्रशंसा गरे ।

टानका अध्यक्ष सागर पाण्डेले पर्यटन क्षेत्रका विभिन्न समस्या हल गर्ने काममा सहकार्य गर्न तत्पर रहेको जनाउ दिँदै गाउँमा पर्यटक पठाउने र घरबास व्यवसाय टिकाउने काममा सरकारले दिएको दुईदिने बिदाले परोक्ष प्रवर्धन गर्ने बताएका थिए ।

दश वर्षमा एक करोड विदेशी पर्यटक भित्र्याउने सरकारको योजना कार्यान्वयन गर्न आफूहरू तम्तयार रहेको अध्यक्ष पाण्डेको भनाइ थियो ।

भिटोफ-नेपालका अध्यक्ष शकुन्तला देवकोटाले घरबास विकास र बजारीकरणमा उल्लेख्य योगदान गरेको बताउँदै गन्तव्य गाउँ घोषणा गर्ने मात्र नभई रोपाइँ कार्यक्रमलाई निरन्तरता दिने काम भएको बताइन ।

ग्रामीण पर्यटनलाई पर्यटनको मेरुदण्ड बनाउन प्रयत्न गरेको दाबी गर्दै अध्यक्ष देवकोटाले प्रमुख अतिथि लगायत अतिथिहरूलाई धन्यवाद ज्ञापन गरिन ।

कार्यक्रममा २०८२ मा घोषित गन्तव्य गाउँका प्रतिनिधिलाई प्रमाणपत्र अर्पण गरिएको थियो । कार्यक्रममा २०८२ मा घोषित गन्तव्य गाउँका प्रतिनिधिलाई प्रमाणपत्र गरिएको थियो ।

गत बर्ष गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल (भिटोफ नेपाल) ले रसुवाको जिवजिबेमा धान दिवसको अवसर पारेर पत्रकार सहित बिभिन्न क्षेत्रमा ब्यतित्वहरुलाई लगेर रोपाईं महोत्सव गरेको थियो ।

बर्षै पिच्छे भिटोभले आयोेजना गर्ने रोपाईं महोत्सबमा पत्रकारलाई समाचार संकलनका लागि बोलाएर पत्रकारबाटै रकम संकलन गरिएको थियो ।

संस्थाकै अध्यक्ष देवकोटा आफैंले पत्रकारसहित सबै सहभागीसित रकम संकलन गरेकी थिइन । अध्यक्ष देवकोटाको सो कार्यको संस्थाकै अन्य पदाधिकारीलेसमेत आयोचना गरेपछि पत्रकारबाट लिएको रकम भने फिर्ता गरिएको थियो ।

Untitled
Untitled
Untitled