आधुनिक समयको गर्भबाट जन्मेको दुर्लभ मानव
तात्कालिन समयको विश्वकै श्रेष्ठतम् उच्च सिर्जना
विदेशी भातमाराले पृथ्वीनारायणलाई समयमैं चिनुन्
अहिले बजारीया भाडाको नेतागिरीले राज्य प्रणालीलाई नव(उपनिवेशको शिकार बनाएको भएता पनि नेपाल कहिल्यै पनि विदेशीहरुको प्रत्यक्ष उपनिवेश नभएको देश हो। यहाँको सभ्यतामा अथाह ज्ञान र विज्ञानको भण्डार छ, तन्त्र विद्याको अपार प्रभाव छ।
बलियो जगमा खडा भएको संरचनामा क्षती त हुन सक्छ तर बाह्य संरचनामा हुने क्षतीको पूर्ती गर्न धेरै समय लाग्दैन। सत्यका विरुद्धमा खडा हुनेहरु आफै ढल्दै जान्छन् किनकी सत्यको जगमा असत्यको महल टिक्न सक्दैन। पृथ्वी जयन्तीका सन्दर्भमा यही भएको छ।
युरोपका प्रथम आधुनिक दार्शनिक ईमानुअल कान्ट भन्दा एक बर्ष जेठा त्यो समयका दुरद्रष्टा राजनीतिक चिन्तक तथा योद्धा थिए, जुन बेला युरोप जंगली युग (जसलाई उनीहरु कालो युग भन्दछन्) मा थियो। पृथ्वीनारायण त्यो समयका विश्वकै श्रेष्ठतम् नायक थिए।
विदेशीको शौचालयको विष्टा खाएर डकार्ने नेपालका केही सुंगुरहरुले पृथ्वीनारायण शाहको निन्दा गर्न र उनलाई खलनायकका रुपमा चित्रण गर्न संपूर्ण शक्ति लगाएका हुन् तर तिनीहरु आफै ढल्दै गए। पृथ्वी जयन्तीको विदा यसैको परिणाम हो।
नेपाल कब्जा गरेर चीन खाने फिरङ्गी सपना पृथ्वीनारायणकै शौर्य र कुटनीतिक चतुर्याईंले तुहिएको थियो। दर्जनौं राज्यमा बिछृङ्खलित देशलाई एकिकरण गर्ने अभियानको श्रेय पनि उनै माथी जान्छ। त्यसैले विदेशी साम्राज्यवादीहरु पृथ्वीनारायणको नाम सुन्दा विक्षिप्त हुन्छन्।
पृथ्वीनारायण दोषमुक्त मानिस थिएनन्। कमिकमजोरी नभएको मानिस कथामा रचना गरिएको पात्र मात्र हुन्छ। उनका कमिकमजोरीहरुको पनि समिक्षा हुनु पर्छ तर जसले उनलाई साम्राज्यवादी बताईरहेका छन्, तिनीहरु भात ख्वाउनेहरुको देशमा गए हुन्छ।
यो देशमा च्ब्ध् र ऋक्ष्ब् को रछ्यानमा भुन् भुन् गर्ने बाबुराम जस्तो मच्छरले पृथ्वीनारायण शाहको शालिक तोड्ने अभियानको नेतृत्व गरेको पनि देखियो। त्यही व्यक्ति आज अस्तित्व जोगाउन बर्षेनी गुँड फेर्ने हालतमा पुग्यो। सबै साम्राज्यवादीहरुको आड पाएकाहरु स्याल बन्दै जानु र सत्ताको साथ नपाएका पृथ्वीनारायण सिंहमा परिणत हुँदै जानु धपाउन खोजिएको सिंह र उठाउन खोजिएका प्यादाहरुका बिचको अन्तर हो।
(यसलाइ हामीले भरत दाहाल जीकाे फेसबुकबाट लिएका हाैं। )




































