२०८३ साउन ७ बिहीवार | Thursday, Jul 23 2026

सामान्य अङ्कले बढ्यो सेयर बजार, कारोबार रकम ११ अर्ब ८७ करोड

Untitled
Untitled
Untitled

काठमाण्डू, साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको छ ।

आज नेप्से परिसूचक २ दशमलव ४१ अङ्कले बढेर २७३० को बिन्दूमा पुगेको छ ।

सोमबार ३१९ कम्पनीका १ लाख ११ हजार ९१८ पटकको कारोबारमा २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

९७ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

१३ उपसमूहमध्ये ६ वटा घट्दा बाँकीमा हरियाली छाएको छ । आज एनआरएन इन्फास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।

 

Untitled
Untitled
Untitled