२०८३ साउन ६ बुधवार | Wednesday, Jul 22 2026

फेरि बढ्यो सुनको मूल्य, चाँदी सस्तियो

Untitled
Untitled
Untitled

काठमाडौ, सुनको मूल्य बुधबार फेरि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई सय रुपैयाँका दरले मूल्य बढेको हो।

योसँगै आज छापावाल सुन १ लाख ४ हजार ८ सय र तेजाबी सुन १ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।

चाँदी भने ५ रुपैयाँ सस्तो भएको छ। योसँगै आज चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको छ।

अघिल्लो दिन छापावाल सुन १ लाख ४ हजार ६ सय, तेजाबी सुन १ लाख ४ हजार १ सय र चाँदी १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो।

Untitled
Untitled
Untitled