२०८२ वैशाख १३ शनिवार | Saturday, Apr 26 2025

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

Untitled
Untitled
Untitled

काठमाडौ, नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेसँगै नयाँ कीर्तिमान बनेको हो ।

नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । यसअघि १२ माघमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको थियो ।

आज सुन तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो । बुधबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ तोकिएको थियो ।

Untitled
Untitled
Untitled