पहिलेको सहमतिअनुसार रास्वपाले गृह मन्त्रालय पाउनुपर्छ : अध्यक्ष ओली
Sanchargram
२०७९ माघ १९ बिहीवार १२:४१
518
shares
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार संकटमा पर्नेजस्तो आफूलाई नलागेको बताएका छन् ।
राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनको विषयले सत्ता साझेदार दलहरूबीच खटपट परिरहेका बेला ओलीले यही कारण सरकार संकटमा नपर्ने बताएका हुन् ।
उनले यसअघि सत्ता गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले सो मन्त्रालय पाउनुपर्ने उनले बताए ।
आफू र प्रधानमन्त्री पुस्पकमल दाहालबीच यस विषयमा सहमति रहेको पनि उनले बताए ।
रास्वपाले गृह मन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय पनि सोही पार्टीको जिम्मामा रहने उनको भनाइ छ ।
उनले भने, ‘तपाईंहरूले भनेजस्तो सरकार संकटमा पर्छ जस्तो लाग्दैन ।’ आफूहरूको शासन प्रणालीमै अस्थिरता रहेको उनले बताए ।