२०८३ असार २२ सोमवार | Monday, Jul 06 2026

आज प्रतिनिधिसभाको बैठक, राष्ट्र बैंक संशोधनसहित महत्वपूर्ण विधेयक कार्यसूचीमा

Untitled
Untitled
Untitled

काठमाण्डौ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशनको ३१औँ बैठक आज बस्दैछ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा सरकारका विभिन्न विधेयक, संशोधन प्रस्ताव तथा अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी विषयहरू छलफलका लागि प्रस्तुत हुने भएका छन्।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सरकारको तर्फबाट ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ संसद्मा दर्ता गर्ने प्रक्रिया अघि बढाउनेछिन्।

उनले प्रारम्भमा विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव राखेपछि विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यस्तै, अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक ९तेस्रो संशोधन० विधेयक, २०८३’ लाई विस्तृत अध्ययन र दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकमा पेस गर्नेछन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभाबाट पारित भई आएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ लाई पनि थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यसैबीच युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) अन्तर्गत नेपालले अनुमोदन गर्ने तयारीमा रहेका दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय दस्तावेजमाथि संसद्को धारणा लिन प्रस्ताव पेस गर्नेछन्।

तीमध्ये बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर–२९ र श्रम निरीक्षण महासन्धि, १९४७ (नम्बर–८१) माथि विचार गरियोस् भन्ने छुट्टाछुट्टै प्रस्ताव बैठकमा प्रस्तुत हुनेछन्।

आजको बैठकले वित्तीय, कानुनी, सांस्कृतिक तथा श्रम क्षेत्रसँग सम्बन्धित विधेयकहरूलाई संसदीय प्रक्रियामा अघि बढाउने अपेक्षा गरिएको छ।

साथै अन्तर्राष्ट्रिय श्रम मापदण्डसँग नेपाललाई थप नजिक ल्याउने विषयमा पनि संसद्मा औपचारिक छलफल प्रारम्भ हुने भएको छ।

Untitled
Untitled
Untitled