काठमाडौं, प्रतिनिधिसभा सदस्यका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम अपराह्न ४ बजेसम्म जारी रहने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयले बिहीबार र शुक्रबार ४ बजेसम्म प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्ने तय गरेको हो ।
अभिमुखीकरण कार्यक्रममा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र संविधानविद् तथा पूर्वसांसद राधेश्याम अधिकारीले प्रशिक्षण दिने कार्यक्रम छ ।
संसद् भवन नयाँ बानेश्वरमा हुने अभिमुखीकरण कार्यक्रमले प्रतिनिधिसभामा आउनुभएका नयाँ सदस्यका लागि उपलब्धिपूर्ण हुने विश्वास सचिवालयले गरेको छ ।
नयाँ सांसदलाई संसदीय मूल्यमान्यता र गतिविधिबारे जानकारी गराउन र संसदीय अनुशासनको परिपालनाका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।