२०८१ मंसिर १६ आइतवार | Sunday, Dec 01 2024

झापा गाउँपालिकाको डिल्लीराज माध्यमिक बिद्यालयका प्रधानाध्यापक गुप्ताले गरेको अनियमितताले सीमा नाघ्यो, नियामक निकाय बेखबर

Untitled
Untitled
Untitled

काठमाडौ, झापाको झापा गाउँपालिकामा रहेको डिल्लीराज माध्यमिक बिद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ताले गरेको अनियमितताले सीमा नाघ्दा पनि नियामक निकाय बेखबर झैं बनेको छ ।

नमूना विद्यालय कार्यक्रम अन्तर्गत छनौट भएका गुप्ता यो विद्यालयमा आर्थिक वर्ष ७६/७७ पछि प्रधानाध्यापकका रुपमा नियुक्त भएका थिए । प्रधानाध्यापक गुुप्ताले बिगत ४ बर्षको हिसाब किताब केही सार्वजनिक गरेका छैनन् ।

प्रधानाध्यापक गुप्ताले बालबिकास शिक्षकका रुपमा सोही विद्यालयमै कार्यरत उनकी पत्नी ज्योतीकुमारी गुप्ता विद्यालयमा अनुपस्थित भएको दिनमा पनि स्वयं प्रधानाध्यापकले किर्ते हस्ताक्षर गर्न लगाई अनुपस्थित भएको दिनमा पनि हाजिरी गराउने गरेका छन् ।

गुप्ताले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा केही विद्यार्थीहरु अनुपस्थित भएपनि विद्यार्थिको दैनिक हाजिरी खातामा प्रधानाध्यापकले वैशाखदेखि असोजसम्मको किर्ते हाजिरी गरी नक्कली हाजिरी पेस गराई गाउँपालिकाबाट खाजा बापतको रकम भुक्तानी लिएका छन् ।

उनले बजार मूल्य भन्दा बढी मूल्यको बिल भौचर तयार पारी विद्यालयमा विद्यार्थी तथा शिक्षक कर्मचारीका लागि भनी खरिद गरिएका कमसल स्तरका डेक्स, बेन्च, पंखा, पोडियम, ईन्टरएक्टिभ बोर्ड, प्रोजेक्टर, स्मार्टबोर्ड, सिसिटिभी क्यामेरा, टेबल, कार्पेट, सोफा, सेनिटाईजर, फिल्टर, ट्वाईलेटका सामानहरुमा पनि बढी बिल बनाएर अनियमितता गर्ने गरेका छन् ।

विद्यार्थीका लागि एकपटक खरिद गरिएको पुस्तकलाई बारमबार खरिद गरेको देखाई भ्रष्टाचार आर्थिक लाभ लिने गरेका छन् । यो कुुराको पुष्टि विर्तामोडका पुस्तक पसलले गरेका छन् ।

पुस्तक तथा अन्य स्टेसनरी खरिदमा गरिएको रु १ लाख को पुस्तक खरिद गर्दा पाईने २५ % छुट रकम लिई बिल १ लाखकै तयार पार्न लगाई पेस गरेका छन् ।

गाउँपालिकाले पटक( पटक रकम बिनियोजन गरेता पनि उक्त रकमको दुरुपयोग गरी एकपटक खरिद गरेका सामाग्रीलाई पुन नयाँ फर्जी बिल भौचर बनाएर अनियमितता गर्ने गरेको पाइएको छ ।

उनले विद्यार्थीलाई कोठा अभाव भैरहेकै बखतमा निजि आवास निर्माणका लागि ३ वटा कोठा छुट्ट्याई प्रत्येक कोठामा स्थायी ट्वाईलेट बाथरुम बनाई एक कोठामा६ देखि ८ वटा सम्म पंखा लगायतका विभिन्न बिलासिताका सामानहरु विद्यालयकै सम्पत्ती खर्च गरेर निजी रुपमा परुयोग गरेका छन् ।

शिक्षा नियमावलीमा प्रत्येक बर्ष भाद्र मासान्त सम्ममा आर्थिक लगायत भौतिक र विभिन्न पक्षका बारेमा सार्वजनिक रुपमा अभिभावक तथा सम्बन्धित सरोकारवालाहरुको भेला गराई सार्वजनिक लेखा परीक्षण गराउने नियम रहे पनि लगातार करिब ४ बर्षदेखि कुनै पनि किसिमको हिसाब किताब सार्वजनिक गरेका छैनन् ।

अनियमिताको ढकछोप गर्न गुुप्ताले २०८० असोज २१ गते पत्र तयार गरि २१ गतेकै मिति राखी २२ गते विद्यार्थीलाई पत्र वितरण गरि बिहान ७ बजेको समय राखि करिब ९ सय भन्दा बढी अभिभावक रहेको विद्यालयमा नियतबस ३५/३६ जनाको उपस्थिति गराई आर्थिक हिसाब किताब पेस नगरी अनियमित रुपमा सार्वजनिक लेखा परीक्षण गराई गाउँपालिकामा पेस गरेर दीय दूूरुपयोग गरेका छन् ।

यस्तो ढाक छोपलाई गाउँपालिकाले पनि बैधानिकता दिएको छ । प्रधानध्यापक गप्ताले नियमित रुपमा स्थायी शिक्षक कर्मचारीको संचयकोष दाखिला नगरी निजी काममा प्रयोग गर्ने गरेको बिद्यालयका शिक्षकले बताउने गरेका छन् ।

विद्यालयको चमेना गृहको टेन्डर आफ्नै साढुभाई पर्ने सन्तोष रौनियारलाई भर्न लगाई चलन चल्तिको भाउ भन्दा थोरै रकममा मासिक भाडा पर्ने गरी जिम्मा लगाई विद्यालयकै रकमको प्रयोग गरी टेबल कुर्सी, भाँडा बर्तन लगायतका बस्तुहरुको खरिद गर्न भनी सार्वजनिक सम्पत्तिको दूरुपयोग गरी भ्रष्टाचार र पदिय दूरुपयोगुसमेत गरेका छन् ।

गुप्ताले यो बिद्यालयमा मात्र नभएर उनी कार्यरत रहेका अन् बिद्ययालयमा पनि अनियमितता गरेका समाचार यस अघि नै बाहिरिएका थिए ।

अनियमिततको समाचार सार्वजनिक भएपनि छानबिन गर्नुुको साटो प्रोत्साहन हुुँदै अखाएको छ । यस सम्बन्धमा गुुप्तासित सम्पर्क गर्न खोज्दा उनले प्रयोग गर्ने गरेको मोवाइल नम्बर 9801600066 वा 9742835286 मा कहिले सम्पर्क हुुन सकेन भने कहिले फोन रिसिभ भएन् ।

धेरै जसो समय गुप्ताको मोवाइलको स्वीच अफ हुने गरेको थियो । यस बिषयमान गाउँपालिकाका कार्यबहाक अध्यक्ष अञ्जुदेवी थपलियासित सम्पर्क गर्न खेज्दा उनको मोवाइल 9804933708 मा पनि सम्पर्क हुन सकेन् ।

गुप्ताले गरेको अनियमितताका बारेमा अभिभावक र शिक्षकले जानकारी गराउँदा पनि वास्ता नर्गदा गाउँपालिकाको पनि साथ रहेको बताउन थालिएको छ ।

Untitled
Untitled
Untitled