२०८२ वैशाख १३ शनिवार | Saturday, Apr 26 2025

सीपमूलक तालिमका लागि आवेदन फाराम खुल्ला

Untitled
Untitled
Untitled

काठमाडौं, प्रदेश युवा परिषद् बागमतीले विभिन्न सीपमूलक तालिमका लागि आवेदन फाराम खुल्ला गरेको छ ।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद् बागमती, जिल्ला युवा समिती काठमाडौंले विभिन्न क्षेत्रको सीपमूलक तालिमका लागि आवेदन फाराम खुल्ला गरेको हो ।

वेरोजगार युवा जनशक्तिहरुलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु सिर्जना गर्न युवालक्षित आवेदन फारम खुल्ला गरेको जिल्ला युवा समिति काठमाडौंका अध्यक्ष रुपा थापा मगरले जानकारी दिइन् ।

उनका अनुसार इमेल, इन्टरनेटको पहुँच नपुगेका ठाउँबाट समितिले तोकेको फाराममा आफ्नो व्यक्तिगत विवरण भरी आवश्यक कागजातसहित एक हप्ताभित्र कलङ्की स्थित जिल्ला युवा समिति काठमाडौंको कार्यालयमा फाराम बुझाउनुपर्नेछ ।

फाराम समितिको कार्यालयबाट पनि उपलब्ध हुनेछ । त्यस्तै अनलाइन फर्ममार्फत आवेदन दिनको लागि  https://forms.gle/ytvfwuiJ1Whw5NLeA मार्फत दिन सकिनेछ ।

तालिम बागमती प्रदेशका १३ वटै जिल्लाहरूमा नि:शुल्क सञ्चालन हुनेछ ।

Untitled
Untitled
Untitled