२०८१ कात्तिक १९ सोमवार | Monday, Nov 04 2024

सुजाता काफ्ले र निरुसा भट्टराई पाण्डेको स्वर रहेको तीज गीत ‘नाच्ने त छैन ओइ ढंग वरी लै’ बजारमा

Untitled
Untitled
Untitled

काठमाण्डू,  सुजाता काफ्ले र निरुसा भट्टराई पाण्डेको स्वर रहेको तीज गीत ‘नाच्ने त छैन ओइ ढंग वरी लै’ बजारमा आएको छ ।

नारायण ज्ञावलीको शब्द रहेको गीतमा संगीत भने  कृष्ण केसीको रहेको छ । पृसा स्टूडियोले बजारमा ल्याएको गीतमा नेपालको छायाडंकन भने शंकर कोइराला र यूकेमा कुशल श्रेष्ठले गरेका छन् ।

म्यूजिक भिडियोको सम्पादन श्यामस्वेतरसाइलीले गरेका छन् । गीतमा गायिका सूजाता र निरुसाका अलावा नेपाली कलाकारले अभिनय गरेका छन् ।

गायिका काफ्लेले बेलायतमा बसेपनि नेपाली गीत संगीतलाई माया गरिरहेकी छन् । कर्म भूमिमा गएर पनि काफ्लेले नेपाली गीत संगीतमा देखाएको माया अविश्वसनीय छ ।

काफ्लेले यस अघि पनि तीज गीतसहित अन्य थुप्रै गीतहरु बजारमा ल्याइसकेकी छन् ।

गीत हेर्न यहाँ क्लिक गर्नु होला ।।।

Untitled
Untitled
Untitled