२०८३ असार २८ आइतवार | Sunday, Jul 12 2026

बागमती उर्लियो, कीर्तिपुरको सुन्दरीघाटका सुकुमवासी पुनः बाढीको चपेटामा, ५४ जनाको उद्धार

Untitled
Untitled
Untitled

काठमाण्डू, निरन्तरको मनसुनी वर्षासँगै बागमती नदीमा आएको बाढीले कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर जलमग्न भएपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित परिवार फेरि संकटमा परेका छन्।

बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो- सुकुमवासीको फेरि बिचल्ली [तस्वीरहरू]

बाढीले रातारात होल्डिङ सेन्टरमा प्रवेश गर्दा सुरक्षित बसोबासको उद्देश्यले सारिएका नागरिकहरू पुनः विस्थापित हुन बाध्य भएका हुन्।

बाढीका कारण होल्डिङ सेन्टरभित्रका अधिकांश कोठामा पानी पसेपछि खाद्यान्न, लत्ताकपडा, ओढ्ने–ओछ्याउने सामग्री, व्यक्तिगत कागजात तथा दैनिक जीवनमा आवश्यक सामग्रीमा क्षति पुगेको छ।

null

प्रभावितहरूले रातिको समयमा बाढी एक्कासि प्रवेश गरेकाले अत्यावश्यक सामानसमेत सुरक्षित स्थानमा सार्न नपाएको बताएका छन्।

कतिपयले नियमित सेवन गर्ने औषधिसमेत पानीमा डुबेको गुनासो गरेका छन्।

null

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीको सूचना प्राप्त हुनासाथ राति १ बजेर ३८ मिनेटमा उद्धार टोली परिचालन गरिएको थियो।

सशस्त्र प्रहरी बलको दंगा नियन्त्रण रेजिमेन्टबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ३० जना तथा नेपाल प्रहरीका ३० जना गरी ६० सदस्यीय संयुक्त टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ खटिएको थियो।

बाढीको बहाव तीव्र भएका कारण सुरक्षाकर्मीहरू राति करिब २ बजेपछि मात्रै घटनास्थलमा पुग्न सकेका थिए।

null

त्यसपछि बोटको सहायताले उद्धार अभियान सञ्चालन गरिएको प्राधिकरणले जनाएको छ।

होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनालाई सुरक्षित रूपमा उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा स्थानान्तरण गरिएको छ।

थप ६ जनाले अन्य सुरक्षित होस्टलमा आश्रय लिएका छन्।

null

बाँकी ९४ जना भने आफ्नो घरायसी सामान छाड्न नमानेपछि सेन्टरकै पानी नपुगेको सुरक्षित भागमा बसिरहेको जनाइएको छ।

उद्धार कार्य अझै जारी रहेको छ। सुरक्षाकर्मीहरूले बोटमार्फत डुबानमा परेका कोठाबाट प्रभावित परिवारका आवश्यक सामान, खाद्यान्न तथा लत्ताकपडा सुरक्षित स्थानमा सार्ने प्रयास गरिरहेका छन्।

null

प्राधिकरणका अनुसार प्रभावितहरूको राहत व्यवस्थापनका लागि सम्बन्धित सबै निकाय परिचालन भइसकेका छन्।

स्मृति भवनमा स्थानान्तरण गरिएका तथा होल्डिङ सेन्टरमै रहेका परिवारलाई तयारी खाना, स्वच्छ खानेपानी, खाद्यान्न, स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक राहत उपलब्ध गराउने व्यवस्था मिलाइँदैछ।

null

यस घटनाले बाढीको उच्च जोखिममा रहेका नदी किनारका बस्तीको दीर्घकालीन पुनर्स्थापनाको आवश्यकता पुनः उजागर गरेको छ।

बागमती किनारबाट जोखिम हटाउन स्थानान्तरण गरिएका परिवार नै पुनः बाढीबाट प्रभावित भएपछि सुरक्षित आवास व्यवस्थापनको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले मनसुनी प्रणाली अझ सक्रिय रहेकाले काठमाडौं उपत्यकासहित देशका धेरै नदी तथा खोलामा जलसतह थप बढ्न सक्ने चेतावनी दिएको छ।

प्राधिकरणले नदी किनार, डुबान र पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, अनावश्यक जोखिमपूर्ण क्षेत्रमा आवतजावत नगर्न तथा आधिकारिक निकायबाट जारी हुने सूचना नियमित रूपमा पालना गर्न आग्रह गरेको छ।

Untitled
Untitled
Untitled