२०८३ साउन १२ मंगलवार | Tuesday, Jul 28 2026

सडक वालवालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन् ।

आज ६० औँ राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने दावी गरेका हुन् ।

‘कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन् ।

यस अवस्थाबाट मुक्त गर्नका लागि हामीले २०८१ भित्रै बालबालिकालाई सडकमा बस्नुपर्ने परिस्थितिबाट मुक्त गर्ने अठोट गरेका छौँ,’ प्रधानमन्त्रीद्धारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

त्यस्तै उनले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन सरकार लागिपरेको बताए ।

ठूलो संख्याामा बालबालिकाहरू कुपोषणको सिकार भइरहेको र विद्यालय जानबाट वञ्चित रहेको भन्दै यस अवस्थाबाट बालबालिकालाई बाहिर निकाल्नुपर्नेमा उनको जोड छ ।

उनले गरिबीको रेखामुनि रहेका मानिसलाई रोजगारी उपलब्ध गराउन सरकार लागिपर्ने बताए ।

‘बालबालिका मानव जातिका भविष्य हुन् । हाम्रा तमाम् अभिभावकले बालबालिकालाई स्नेहपूर्वक रुपमा हुर्काउन, तिनको उपयुक्त बौद्धिक, मानसिक र शारीरिक विकास गर्नका लागि भूमिका खेल्नुपर्छ” ।

आमा बालबालिका लागि पहिलो गुरु हुन् । बालमैत्री वातावरण बनाइयोस् । बालबालिकालाई माया गरौँ । सही आचारण सिकाउँदै जानुपर्छ ।

समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न बालबालिकामा लगानी गर्नुपर्छ, उनीहरुलाई भविष्यको योग्य नागरिक बनाउन सक्छौँ,’ शुभकामनामा उल्लेख छ ।

 

Untitled
Untitled
Untitled