२०८३ साउन ११ सोमवार | Monday, Jul 27 2026

खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए

Untitled
Untitled
Untitled

रामेछाप, विगत तीन दिनदेखि सोलखुम्बूको लुक्लामा मौसममा आएको खराबीका कारणले मन्थलीमा दुई सयभन्दा बढी विदेशी पर्यटक रोकिएका छन्।

आज बिहानदेखि नै उडान नभएपछि लुक्ला जाने पर्यटक हेलिकप्टर चार्टर गरेर सोलुको सुर्केसम्म गएका छन्।

कोही पर्यटक मन्थलीबाट सडकमार्ग हुँदै गाडीमा फाप्लु गएको नागरिक उड्डयन प्राधिकरण रामेछापका निमित्त कार्यालय प्रमुख पूजा थापाले बताइन्।

‘सोलुखुम्बूको लुक्ला विमानस्थलमा भिजिबिलिटी कम हुँदा सीता, तारा र समिट एयरका विमान रामेछापको मन्थलीमै होल्ड गरिएको छ’, नागरिक उड्डयन प्राधिकिरण मन्थलीका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईंले भने।

केही दिनयता मौसममा आएको खराबीको कारण नियमित सहज उडान हुन सकिरहेको छैन। भिजिबिलिटी कम भएपछि अहिले रामेछाप विमानस्थलबाट हेलिकप्टरले चार्टर उडान गरिरहेको हो।

गुरागाईंका अनुसार ‘यहाँबाट हेलीले सोलुकै सुर्के उडान गरिरहेको छ। दुईसय जनाभन्दा बढी यात्रु मन्थली मै रोकिएका छन्।

मन्थलीमा कुनै समस्या छैन तर लुक्लाको मौसमले समस्या भएको कारण जहाज पठाउन सकिएको छैन।

आज दिनभर रामेछापको आकाशमा हेलिकप्टरको चार्टर उडान मात्र भएका छन् ।

यही चैत १२ गतेदेखि रामेछाप विमानस्थल ( मन्थली–लुक्ला ) उडान सुरु भएको थियो। सगरमाथालगायत प्रवेश गर्ने पर्यटक मन्थलीसम्म गाडीमा ल्याएर यहाँबाट उडान हुँदै आएको छ।

रासस

Untitled
Untitled
Untitled