२०८१ भदौ २४ सोमवार | Monday, Sep 09 2024

नेपाल टेलिकम अनुरोध: ‘टू फ्याक्टर अथेन्टिकेसन’ प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याउन जरुरी

Untitled
Untitled
Untitled

नेपाल टेलिकमले ग्राहकको सुरक्षा प्रत्याभूतिका लागि सिमकार्डमा प्राप्त हुने ओटिपी (वन टाइम पासवर्ड)को मात्र भर नपरी ‘टू फ्याक्टर अथेन्टिकेसन’ प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याउन आग्रह गरेको छ ।

हालको अवस्थामा मोबाइल नम्बर (सिमकार्ड) कुराकानी गर्ने, सन्देश पठाउने र इन्टरनेट चलाउने सजिलो माध्यमका रुपमा मात्र नरही राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ कारोबार, शेयर कारोबार, नगद लेनदेन तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोगले जीवनशैली सहज बन्दै गएको छ । यसका साथै मोबाइल नम्बरको माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्यांकदेखि कागजातहरु, बचत तथा अन्य मूल्यवान र दैनिक प्रयोगमा रहने सामग्री र सूचनाहरुमा पहुँच पु¥याउन सक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै समवेदनशील वस्तुका रुपमा पनि स्थापित भएकोले अत्यन्तै सजग रहनुपर्ने टेलिकमले बताएका छन् ।टेलिकमले

आफूले प्रयोग गरिरहेको मोबाइल नम्बर आफ्नै नाममा दर्ता रहेको अवस्थामा अवस्थामा मात्र डाटा सुरक्षि हुने भन्दै प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता नरही वा अरु कसैको नाममा दर्ता रहेको भए तत्काल आफू स्वयं उपस्थित भई सिमकार्ड आफ्नो नाममा दर्ता गर्न भनेको छ ।‘मोबाइल नम्बर प्रयोग गर्दा

मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्यांक, बैंकिग कारोबार र अन्य कतिपय महत्वपूर्ण व्यक्तिगत सामग्रीहरु असम्बन्धित व्यक्तिको पहुँचमा पुग्न सक्ने जोखिम सधैं रहने देखिन्छ । यस अवस्थामा प्रयोगकर्ताको मोबाइल बैङकिङको दुरुपयोग भई नगद गुमाउनुपर्ने, सामाजिक सञ्जालको अनधिकृत प्रयोग भई सुरक्षाको जोखिम लगायत अनेक कानूनी झमेलामा समेत पर्ने सम्भावना रहन्छ । यस्तो अवस्थाको सिर्जना नहोस् भनी नेपाल टेलिकम सम्पूर्ण ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको÷बिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गर्दछ’, टेलिकमले भनेको छ ।

Untitled
Untitled
Untitled