२०८२ असार १९ बिहीवार | Thursday, Jul 03 2025

ताइवानमा २५ वर्ष यताकै शक्तिशाली भूकम्प, छिमेकी मुलुकमा समेत सुनामीको चेतावनी

Untitled
Untitled
Untitled

काठमाडौं, ताइवानको पूर्वी तटमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

ताइवानको हुआलिआन काउन्टीलाई केन्द्रबिन्दू बनाएको भूकम्प धक्का ताइवानभरी महसुस गरिएको छ ।

जमिनबाट साढे १५ किलोमिटर मूनि भूकम्प गएकोले क्षति कम भएको बताइएको छ । भूकम्पबाट अहिलेसम्म कुनै मानविय क्षति सार्वजनिक भएको छैन ।

ताइवानका अधिकारीहरुले आज मुलुकभरका विद्यालय बन्द गर्ने सूचना जारी गरेका छन् ।

ताइवानमा गएको भूकम्प २५ वर्षको सबैभन्दा ठूलो भूकम्प रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भूकम्पपछि ताइवान र छिमेकी देशमा सुनामीको चेतावनी जारी गरिएको छ । ताइवानमा सन् १९९९ मा ठूलो भूकम्प गएको थियो ।

Untitled
Untitled
Untitled