२०८३ असार २३ मंगलवार | Tuesday, Jul 07 2026

यातायात क्षेत्र सुधारका लागि ६ सदस्यीय सुझाव कार्यदल गठन

Untitled
Untitled
Untitled

काठमाडौं, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले, मन्त्रीस्तरीय निर्णय गरेर प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा छ सदस्यीय सुशासन सुधार सुझाव कार्यदल गठन गरेका छन् ।

कार्यदल सदस्यमा पूर्वसचिव पूर्णचन्द्र भट्टराई, रामकृष्ण सापकोटा, हरि बस्याल तथा विषय विज्ञका रूपमा डा. लिना गुरुङ छन् ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुपरिटेन्डेन्ट इन्जिनियर अर्जुनप्रसाद अर्याल सदस्य सचिव रहेका छन् ।

कार्यदललाई मन्त्रालयको कार्य जिम्मेवारी भित्रका सडक पूर्वाधार, सडक पुल, रेलवे सेवा, यातायात क्षेत्र व्यवस्थापन तथा इन्जिनियरिङ सेवा व्यवस्थापन (इन्जिनियरिङ काउन्सिल) समेतको कार्यविधिमा रहेर सुझाव प्रतिवेदन पेस गर्न भनिएको छ। कार्यदललाई एक महिनाको समय दिइएको छ ।

सेवा प्रवाहलाई चुस्त दुरुस्त, सेवाग्राही मैत्री, प्रभावकारी, सुशासन मैत्री तथा अनियमितता, भ्रष्टाचार, चुहावट, मिलेमतो अन्त्यका लागि शून्य सहनशील हुन अवलम्बन गर्नुपर्ने नीतिगत, कार्यप्रक्रियागत र संस्थागत सुधारका विषयहरू प्रस्तुत गर्ने म्याण्डेट कार्यदललाई दिइएको छ।

Untitled
Untitled
Untitled