२०८१ असार ३१ सोमवार | Monday, Jul 15 2024

बसको ठक्करबाट बालिकाको मृत्यु भएपछि काभ्रेको भकुन्डेबेँसी तनाबग्रस्त, आक्रोशित स्थानीयद्वारा बसमा आगजनी

Nabil Bank

भकुन्डेबेँसी, काभ्रेको भकुन्डेबेँसीमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

बनेपाबाट खार्पाचोक जाँदै गरेको बा। २ ख ७३४२ नम्बरको बसले पैदलयात्री ८ वर्षीया बालिकालाई ठक्कर दिएको थियो ।

बालिकाको मृत्युपछि स्थानीयले बसमा आगजनी गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको काभ्रे प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए ।

‘स्थानीयले बसमा आगजनी गरेका छन् । अन्य बुझ्ने काम भइरहेको छ’, एसपी जोशीले बताए ।