२०८१ कात्तिक २२ बिहीवार | Thursday, Nov 07 2024

दीलिप कुमार मल्लका एकै साथ दुई पुस्तक पाठकमा

Untitled
Untitled
Untitled

सर्जक दीलिप कुमार मल्लले एक साथ दुई पुस्तक पाठकमाँझ आएका छन् । गीतकारको रुपमा समेत परिचित मल्लको सेतो धर्ती सप्तरंगी फूर र रुइसे दरबार गरी दुई पुस्तकको काठमाडौंमा एक समारोहबीच प्रतिनिधि सभा सदस्य डा। आरजू राणा देउवाले बिमोचन गरेकी हुन् ।

कार्यक्रममा गीतकार तथा कथाकार मल्लको लेखनको सांसद देउवाले चर्चा गरिन् । यस्तै गृहसचिब विनोद प्रकाश सिंह, पूर्व राजदूत तथा कवि प्रतिभा राणा, समालोचक राजकुमार बानियाँले पनि मल्लको लेखनको चर्चा गरे ।

यि दुबै पुस्तक शिखा बुक्सले प्रकाशन गरेका हुन् । बिमोचन पुस्तक मध्य सेतो धरतीमा सप्तरंगी फुल कथा सँग्रह हो । जसमा सामाजिक मनोविज्ञानमा केन्द्रित कथाहरु संग्रहित रहेको प्रकाशक पुष्पराज पौडेलले बताए । यो पुस्तकको मूल्य ४७५ रुपैयाँ रहेको छ ।

यस्तै अर्को कृति रुइसे दरबार एतिहासिक उपन्यास रहेको पनि उनले बताए । जसमा रुइसे दरवारको उदयदेखि पतनसम्मको कथा समेटिएको छ । यो उपन्यासको मूल्य ४२५ रुपैयाँ रहेको छ ।

Untitled
Untitled
Untitled