काठमाडौँ , काठमाडौँ नेपालको केन्द्रीय राजधानी शहर तथा मुलुककै पहिलो महानगर पनि हो । यस महानगरको नजिकका रुपमा रहेका दुई ठूला शहरहरु मध्ये दक्षिणतर्फ ललितपुर महानगरपालिका र पूर्वतर्फ भक्तपुर नगरपालिका रहेका छन् ।
शिवपुरी, फुल्चोकी, नागार्जुङ र चन्द्रागिरी नामका चार ठूला पहाडहरुको बीचमा रहेको यो महानगर अनुपम भौगोलिक अवस्था, रहस्यपूर्ण जैविक विविधता सहित कचौरा आकारमा समुन्द्री सतहबाट लगभग १४०० मिटर (४६०० फिट) को उचाइमा ५०.६७ वर्ग किलो मिटरमा फैलिएर २७’२२” उत्तरी अक्षांश र ८५’२०” पूर्वी देशान्तरमा अवस्थित रहेको छ ।
धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेको यस शहरको इतिहास लगभग २००० वर्ष पुरानो रहेको मानिन्छ ।
बौद्ध र हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको यो उपत्यका हजारौ प्रकृतिका चाड पर्व, जातजाती, रीतिरिवाज र चालचलनको विविधता भित्र एकता रहेको छ भने, नेपालीहरु मध्यकै एक प्रमुख समुदाय नेवार समुदायको कला र संस्कृतीको खानी कै रुपमा समेत रहेको छ ।
कला, संस्कृतीको जीवन्त इतिहास तथा प्राचिन विशिष्ट शैलीको अनुपम निर्माणका कारण विश्वकै दर्शनीय स्थलहरु मध्येको एक शहरका रुपमा रहेको यस शहरमा स्वयंभु, बौद्ध, पशुपतिनाथ, हनुमानढोका क्षेत्र लगायतका विश्व सम्पदा सूचीमा अंकित अनेकौ स्थलका कारण नेपाल भित्रने पर्यटहरुको प्रमुख गन्तव्यस्थलका रुपमा पनि यस महानगर रहेको छ ।
इतिहास देखि नै सम्पन्न र समृद्ध यस महानगर मुलुककै अर्थतन्त्रको केन्द्रविन्दुको रुपमा रही आएको छ भने, सारा नेपालीको आकर्षणको केन्द्र पनि यसै काठमाडौं महानगर रहेको छ ।
काठमाडौँ महानगरपालिकाले वडा नम्बर ५ देखि ३२ सम्म विभिन्न स्थानमा किकास निर्माणका काम गर्दै आएको छ।
किकास निर्माणका कामहरू सडक मर्मत, नाली सफा गर्ने, जल निकासी, र घरको आँगन निर्माणजस्ता परियोजनाहरू समावेश गर्न सक्छन्।
्
किकास निर्माणका कामहरू स्थानीय सरकारको महत्वपुर्ण योजना हुन् जसले जनतालाई सेवाहरू पुर्याउन मद्दत गरेको छ ।
वडाले सडक सुधार र मर्मत अन्तरगत काठमाडौँको सडकमध्ये धेरै सडक जीर्ण अवस्थामा रहेका छन्।
तिनलाई सुधारेर यातायातको सहजता र सुरक्षा सुनिश्चित गर्ने प्रयास गरिरहेको छ ।
जल निकासी र नाली प्रणालीका लागि वर्षामा पानीको जमावट र नालीको बिग्रिनु स्थानीय समस्याहरू छन्।
त्यसलाई सम्बोधन गर्न किकासले नाली सफा गर्ने र नयाँ जल निकासी प्रणाली निर्माणका काम गरेको छ ।
घरसम्मको सडक निर्माणका लागि घरसम्म पहुँच पुग्ने लागि सडक निर्माण र सुधार पनि किकासका प्राथमिकतामा पारेर काम गर्दै आएको छ ।
समाजिक सुविधाका केन्द्रहरूको निर्माण र स्वास्थ्य, शिक्षा र अन्य सामाजिक सेवाको पहुँच बढाउने उद्देश्यले किकासका कार्यक्रमहरूले काम गर्दै आएको छ ।
किकासका यी कार्यहरूले काठमाडौँ महानगरलाई थप व्यवस्थित र सुरक्षित बनाउने मा गरिरहेको वडाध्यक्ष भुवन लामाले बताएका छन् ।
महानगरले हाम्रो परिकल्पना, अभियान र लक्ष्य भन्ने नाराका साथ काम गरेको छ ।
नेपालको संविधानले तय गरेको स्वायत्तता र स्वशासनको अधिकारलाई सहकारीता, सहअस्तित्व र समन्वयका साथ उपयोग गर्दै,
पूर्ण पारदर्शि भई जनसहभागिता र उत्तरदायित्वको सुनिश्चितता गरी संघिय लोकतान्त्रिक गणतन्त्रका लाभहरु स्थानिय स्तरमा समानुपातिक, समावेशी र न्योचित वितरण गर्नु,
दिगो विकासको अवधारणलाई आत्मासात गर्दै महानगरवासी सबैलाई संविधान र कानुन बमोजिमका सुलभ र गुणस्तरिय सेवा प्रवाह गर्नु ।