२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

सुनसरीको भोक्राहामा रोकिराखेको ट्रकमा बस ठोकिँदा २ जनाको मृत्यु, २० घाइते

Untitled
Untitled
Untitled

इनरुवा, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा रोकिराखेको ट्रकमा बस ठोकिएको छ ।

रोकिराखिएको ट्रकलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ दुर्घटनामा परि २० जना घाइते भएका छन्।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहकले सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परेर अन्दाजी ४० वर्षीय एक जना पुरुष र ४५ वर्षकी महिलाको मृत्यु भएको छ ।

उनीहरूको जिल्ला अस्पताल इनरुवा र ग्लोबल कार्डियो एन्ड न्यूरो अस्पताल सुनसरीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक दुवै जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Untitled
Untitled
Untitled